टी–२० आईको ब्याटिङ वरियतामा ब्याटर कुशल भुर्तेलले ३१ स्थान सुधार

काठमाण्डौ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलले टी–२० आईको ब्याटिङ वरियतामा ३१ स्थान सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आइसिसी० ले जारी गरेको नयाँ वरियतामा कुशल ३१ स्थान सुधारका साथ ९९औं स्थानमा उक्लिएका छन् ।

अस्ति सोमवार अमेरिकासँगको तीन वटा टी–२० आई सिरिज नेपालले क्लिन स्विप गर्दा कुशलले एक अर्धशतक सहित सर्वाधिक एक सय ४२ रन बनाएका थिए । ब्याटिङ वरियतामा कप्तान रोहितकुमार पौडेल चार स्थान सुधार गर्दै ५९ औं र आसिफ शेख दुई स्थान सुधार गर्दै ६९औं स्थानमा छन् ।

dashain shuvakamana
Discovery School

टी–२० आईको बलिङ वरियता तर्फ दीपेन्द्रसिंह ऐरी ६२ औं स्थानमा छन् । सोमपाल कामी तीन स्थान सुधार गर्दै ९२औं स्थानमा छन् । अलराउन्डर तर्फ दीपेन्द्रसिंह दोस्रो स्थानमा कायम छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार