नेपाल शिक्षक संघको राष्ट्रिय भेला धनगढीमा मंगलबारदेखि सुरु

धनगढी : नेपाल शिक्षक संघको मंगलबारदेखि सुरु भएको राष्ट्रिय भेला धनगढीमा जारी छ । भेलामा शिक्षक संघका प्रदेश महासचिव तथा जिल्ला सचिवहरुको सहभागिता रहेको छ ।

भेलाको एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका हुन । सो अवसरमा मुख्यमन्त्री शाहले संघीय सरकारका कारण प्रदेश सरकारलाई शिक्षा क्षेत्रमा काम गर्न कठिनाई भइरहेको बताए । उनले समयमै संघीय शिक्षा ऐन नबनेका कारण प्रदेश सरकारले विद्यालयका भवन, पर्खाल निर्माण बाहेक अरु केही गर्न नसकिएको स्वीकार गरे ।

dashain shuvakamana
Discovery School

मुख्यमन्त्री शाहले संविधानले उच्च शिक्षालाई प्रदेश सरकार मातहतमा राखेको भए पनि सरकारसंग उच्च शिक्षा सञ्चालन गर्ने कुनै आधार नरहेको बताए । मुख्यमन्त्री शाहले शिक्षा सुधारका लागि प्रदेश सरकारले अध्ययन समितिमार्फत सुझाव संकलन गरिसकेको बताए ।

शिक्षक युनियनले शिक्षा अधिकार बाँडफाटको लागि गर्ने हरेक आन्दोलनमा आफ्नो समर्थन रहने बताए । भेलामा नेपाल शिक्षक संघका संघीय अध्यक्ष सोमनाथ गिरीले माध्यामिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिने निर्णयका कारण शैक्षिक अवस्था तहसनहस भएको उनको दाबी छ । 

अध्यक्ष गिरीले शिक्षक संघले जहिले पनि लोकतन्त्र र काँग्रेसको लागि काम गरे पनि पार्टीले सम्मान गर्न नसकेको गुनासो गरे । उनले माओवादी द्वन्द्वमा मारिकएका शिक्षकहरुलाई शहिद घोषणा गर्न माग गरे । राष्ट्रिय भेला आज बुधबारसम्म सञ्चालन हुने छ । भेला तथा प्रशिक्षण कार्यक्रममा ७ वटै प्रदेशका संघका महासचिव र ७७ वटै जिल्लाका सचिवहरुको सहभागिता रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार