समयमै विद्युत महशुल नबुझाएका ग्राहकहरुको लाइन काटियो !

धनगढी : नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले गत आर्थिक बर्षमा समयमै विद्युत महशुल नबुझाएका ग्राहकहरुको लाइन काटेको छ । 

विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका अनुसार गत आर्थिक वर्षमा समयमा विद्युत महसुल नबुझाउने एक हजार ९ सय ६२ ग्राहकको लाईन काटेको थियो । विद्युत प्राधिकरण धनगढीका अनुसार गत आर्थिक बर्ष २०८०-०८१ मा ६ करोड १५ लाख २७ हजार ६५ रुपैंया बक्यौता महसुल रहेको थियो । लाईन कटौति गरेपछि ५ करोड १४ लाख ४७ हजार रुपैंया असुल भएको थियो । 

dashain shuvakamana
Discovery School

नेपाल विद्युत प्राधिकरण धनगढी वितरण शाखाका उपप्रबन्धक मिथिलेश कुमार गोहिवारका अनुसार गत असार मसान्तसम्म धनगढी वितरण केन्द्रमा मात्रै १८ करोड ६२ लाख ७३ हजार ५४ रुपैंया बक्यौता रहेको थियो । 

उपप्रबन्धक गोहिवारका अनुसार धनगढी वितरण केन्द्रले अघिल्लो आर्थिक बर्ष २०७९-०८० मा पनि समयमै महशुल नबुझाउने ८ सय २३ जना ग्राहकको लाईन काटेको थियो । सो आर्थिक वर्षमा लाइन कटौतीका कारण ६ करोड ७३ लाख ४२ हजार रुपैंया असुल भएको थियो । अघिल्लो आर्थिक बर्षमा ८ करोड ९१ लाख ९२ हजार रुपैंया बक्यौता रहेको थियो । 

उपप्रबन्धक गोहीवारले स्थानीय सरकारले तिर्नुपर्ने विद्युत महसुल बक्यौता बढे पनि त्यसलाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा भने केन्द्रिय स्तरबाटै छलफल अघि बढेको बताउनु भयो । स्थानीय तहको समस्या धनगढीमा मात्र नभई देशभर रहेको उहाँको भनाई छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार