कैलालीको बुढीतोलामा सारियो ८ वर्ष अघिको भ्यु टावरको योजना

धनगढी : कैलालीको बुढीतोलामा अत्तरिया धनगढीको दृश्य अवलोकन गर्ने गरी ८ वर्ष अघि भ्यु टावरको योजना अघि सारियो । उक्त योजना अनुसार गोदावरी नगरपालिका – ८ मा भ्यु टावरको काम अघि बढाइयो । संघीय सरकारको स्वीकृत कार्यक्रम अन्तर्गत प्रदेश सरकारको बहु वर्षीय योजनामा राखिएको उक्त टावरमा १ करोड ८० लाख लागत लाग्ने गरी स्टमेट बनाइएको थियो । योजना अनुसार करिब ४६ लाख खर्च गरेर ४ वर्ष अघि नै भ्यु टावरको २ तला ढलान गरिएको भए पनि हाल उक्त संरचना अलपत्र परेका छ ।

वडा सदस्य शेर बहादुर घर्तिमगरले भ्यु टावरको बाँकी काम सम्पन्न गर्न थप बजेटका लागि प्रदेश सरकारलाई पटक पटक गुहारेको भए पनि बेवास्ता गरिएको बताए । उक्त भ्यु टावर ५ तलाको बनाउने योजना रहेको थियो । तर, बजेट अभावका कारण २ तलामै काम रोकिएपछि ४६ लाख खर्चेर बनाइएको संरचना पनि अलपत्र परेको हो । उक्त २ तला सम्मको निर्माणको काम उपभोक्ता समिति मार्फत गरिएको थियो ।

dashain shuvakamana
Discovery School

गोदावरी नगरपालिकाको प्रवेशद्धारमा ५ वर्ष अघि बुढितोला पिकनिक पार्क निर्माण गरिएको थियो । बुढीतोलामा घुम्न जाने पर्यटक र पिकनिकका लागि जानेहरूका लागि पिकनिक स्थल सहित पार्क निर्माण गरिएको थियो । उक्त पार्कमा संघ सरकारको बजेटबाट तार जाली, बस्ने बेन्च र पार्कको बाटो निर्माण गरिएको थियो भने प्रदेश सरकारको १० लाख बजेटमा स्टोर रुम, भान्सा र शौचालय निर्माण गरिएको थियो ।

तर, उक्त पार्कको पनि उचित संरक्षण नहुँदा न त्यहाँ अपेक्षा गरे अनुसार मानिस जाने गरेका छन्, न पार्क हेर्न लायक नै बन्न सकेको छ । अहिले पार्कमा जताततै झाडी उम्रिएर पार्कको सौन्दर्यता नै खस्किएको छ । उक्त पार्कमा हाल चुरे गाउँपालिकाले पनि आफ्नो दाबी गर्दा झन् स्वामित्व विवाद थपिएको छ ।

पर्यटकीय क्षेत्र बुढीतोलामा राज्यको लाखौँ लगानी गरेका पर्यटकीय स्थल अलपत्र पर्दा हाल बुढीतोला नजिकै सेल्फी डाँडामा निजी क्षेत्र सँगको लागत साझेदारीमा अर्को योजना अगाडि सारिएको छ । सेती सामुदायिक वन र बालग्रीस ट्रेडिङ्स प्रालिको संयुक्त साझेदारीमा सञ्चालित पर्या पर्यटन कार्यक्रम अन्तरगत हाल सेल्फि डाँडा सहितको करिब ३ बिगाहा क्षेत्रफलमा जाली लगाइएको छ ।

बालग्रीस ट्रेडिड्सका सञ्चालक हरि भट्टराईले सेल्फि डाँडालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न त्यसमा पिकनिक स्पोट, पार्क, चिल्ड्रन पार्क, खाजा नास्ता घर निर्माण गरिने बताए । उनले सेती सामुदायिक वन, स्थानीय वनका उपभोक्ता मिलेर सेल्फी डाँडालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न लागेको बताए । हाल उक्त क्षेत्रमा फुलका बिरुवा रोपिएका छन् ।

तर, तराइको रमणीय फाट देखिने उक्त क्षेत्रमा तार बार गरिदा अचेल डाँडो  डाँडो सुनसान बनेको स्थानीय सिद्धराज भट्टराइले बताए । सेल्फि डाँडामा लामो समय देखि ठेलामा व्यवसाय गर्दै आएका उनले तार बार गरिएपछि मानिसहरुकाे चहलपहल घटेको बताए । ‘यहाँ म्युजिक भिडियो बनाउने, फोटो खिच्ने मानिसहरू आइरहेका हुन्थे । अहिले तार बार गरिएपछि मानिसहरु खासै आएका छैनन्’ उनले भने ‘तार बार गरेर बन्द गरिएपछि मानिसहरू आउन छोडेका छन् । सायद यो बनेपछि आउलान् ।’ उनले तार बार गरेर के बनाउन खोजिएको हो भन्ने कुरा स्पष्ट नभनिएको बताए ।

सेती सामुदायिक वनका अध्यक्ष तिलक खनालले भने ७ प्रतिशत नाफा वनले लिने गरी सेल्फि डाँडालाई निजी क्षेत्र सँगको साझेदारीमा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न लागिएको बताए । उनले सामुदायिक वनको कार्य योजनामै उल्लेख गरेर सेल्फि डाँडामा काम भइरहेको बताए । उनले केही व्यक्तिले आरोप लगाएको जस्तो वन मास्ने गरी कुनै काम नहुने बताए । वनलाई अतिक्रमणबाट जोगाउन सेल्फि डाँडामा पर्यटकीय क्षेत्र बनाउन लागिएको उनको भनाइ छ ।

गोदावरीको बुढीतोला तराइको सबैभन्दा नजिकको पहाडको हावापानीको आनन्द लिन सकिने ठाउँ हो । यहाँ विशेष गरेर तराइको गर्मी छल्न मानिसहरू बढी जाने गर्दछन् । प्राकृतिक रूपमै पर्याप्त पर्यटकीय सम्भावना भएको यस क्षेत्रमा राज्यबाट पर्यटन क्षेत्रको विकासका लागि लाखौँ रकम खर्च गरिए पनि ती प्रभावकारी हुन सकेका छैनन् । केही अघि सारिएका योजना कार्यान्वयन नै हुन सकेका छैनन् भने केही कार्यान्वयनमा आएका योजना पनि अलपत्र अवस्थामा रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार