डडेल्धुरा : डडेल्धुराका एक व्यवसायी बेपत्ता भएका छन्।
सोमबार बिहानबाट परशुराम नगरपालिका– ५ परीगाउँका व्यवसायी अन्दाजी ५३ वर्षीय खेमसिंंह प्वाली बेपत्ता भएका हुन्। बेपत्ता प्वालीको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ।
खोजी गर्ने क्रममा बेपत्ता प्वालीले लगाएको कपडा परीगाउँस्थित महाकाली नदी किनारमा फेला परेको प्रहरी जनाएको छ।
प्रतिक्रिया दिनुहोस्