साफ महिला च्याम्पियनसिपमा आज भारत र बङ्गलादेश भिड्दै !

काठमाडौं : साफ महिला च्याम्पियनसिप अन्तर्गत आज भारत र बङ्गलादेश आमने सामने हुँदै छन्। दशरथ रङ्गशालामा हुने यो खेल नेपाली समय अनुसार साँझ साढे ५ बजेदेखि सुरु हुने छ ।

समूह ए अन्तर्गतको यो खेल बङ्गलादेशका लागि महत्त्वपूर्ण रहेको छ । भारत यस समूहबाट सेमिफाइनलमा पुगिसकेको छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेपछि सेमिफाइनलमा पुग्ने निश्चित भएको हो । त्यस्तै आफ्नो पहिलो खेलमा पाकिस्तानसँग बराबरीमा रोकिएको बङ्गलादेश भारतसँग २ भन्दा बढी गोल अन्तरले पराजित नभएमा पनि सेमिफाइनलमा पुग्ने सम्भावना रहेको छ ।

dashain shuvakamana
Discovery School

अहिले शून्य गोल अन्तरसहित एक अङ्क हासिल गरेको बङ्गलादेश दोस्रो स्थानमा छ भने -३ गोल अन्तरसहित एक अङ्क हासिल गरेको पाकिस्तान तेस्रो स्थानमा रहेको छ। बङ्गलादेश पाकिस्तानसँग १-१ गोलले बराबरीमा रोकिएका थिए भने भारतले पाकिस्तानलाई ५-२ ले पराजित गरेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार