धनगढीमा बदलिँदो परिस्थितिमा सामुदायिक बनको भूमिका विषयक कार्यशाला गोष्ठी सम्पन्न

धनगढी : बदलिँदो परिस्थितिमा अबको सामुदायिक बनको भूमिका विषयक कार्यशाला गोष्ठी धनगढीमा सम्पन्न भएको छ । सामुदायिक बन उपभोक्ता महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेशको आयोजनामा एक दीने कार्यशाला गोष्ठी धनगढीमा सम्पन्न भएको हो । 

सामुदायिक बन उपभोक्ता महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेशकी अध्यक्ष झुमा चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरी, विशिष्ट अतिथिमा बन मन्त्रालयका सचिव प्रमोद भट्टराई सामुदायिक बन उपभोक्ता महासङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष मन्जु मलासि रहेका थिए । 

dashain shuvakamana
Discovery School

कार्यक्रममा बोल्ने अधिकांशले सामुदायिक बनलाई आयआर्जन तर्फ जोड्नुपर्नेमा जोड् दिएका  थिए । अध्यक्ष चौधरीले ग्रामीण क्षेत्रमा रहेको गरिबिलाई हटाउन सामुदायिक बनलाई उत्पादन मुखी बनाउनुपर्ने बताइन् । 

उद्योग पर्यटन बन तथा वातावरण मन्त्री चौधरीले सामुदायिक बनलाई उत्पादन मुखी बनाउने कार्यक्रमलाई प्राथमिकतामा राख्ने र यस्ता कार्यक्रमले समाजको उन्नति हुने बताए । उनले सामुदायिक बन उपभोक्ता महासङ्घलाई जीविकोपार्जन मुखी कार्यक्रम बनाउन समेत आग्रह गरे  । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार