सुदूरपश्चिममा सडक र पुल निर्माण गर्न ७ अर्ब १० करोड २६ लाख रुपैयाँ बजेट विनियोजन

धनगढी : सुदूरपश्चिममा सडक र पुल निर्माण गर्न ७ अर्ब १० करोड २६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि १६ अर्ब ९६ करोड रुपैयाँ पूर्वाधार निर्माणको नाममा बजेट विनियोजन गरेको छ।

आवासीय भवन निर्माण गर्न एक करोड १० लाख ५० हजार, गैरआवासीय भवन निर्माण गर्न एक अर्ब ८२ करोड १६ लाख, विद्युतीय संरचना निर्माण गर्न ५ करोड ५० लाख, टतबन्ध तथा बाँध निर्माण गर्न दुई अर्ब ५१ करोड ३५ लाख, वन तथा वातावरण संरक्षणसम्बन्धी संरचना निर्माण गर्न १६ करोड १६ लाख र सरसफाई संरचना निर्माण गर्न ८ करोड ७८ लाख बजेट विनियोजन गरेको रातो किताबमा उल्लेख छ।

SHIKHAR COOL TECH

यस्तै सार्वजनिक संरचना निर्माण गर्न दुई अर्ब १० करोड ४२ लाख, निर्मित भवनको संरचनागत सुधार गर्न ७ करोड ७८ लाख र सार्वजनिक निर्माणमा पुँजीगत सुधार गर्न २३ अर्ब ३९ करोड बजेट विनियोजन गरिएको छ। साथै प्रदेश सरकारले यस वर्ष सवारीसाधन खरिद गर्न ६ करोड २१ लाख बजेट विनियोजन गरेको छ। मेसिनरी औजार खरिद गर्न एक अर्ब १८ करोड ५८ लाख खर्च गर्ने भएको छ।

फर्निचर र फिक्चर खरिद तथा निर्माणका लागि पाँच करोड ४० लाख र पुँजीगत परामर्शको नाममा २४ करोड ३१ लाख बजेट विनियोजन गरिएको छ। प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि १४ अर्ब ५९ करोड ७८ लाख, सामाजिक विकास मन्त्रालयका लागि ६ अर्ब ९५ करोड ५१ लाख, कृषि मन्त्रालयका लागि दुई अर्ब ९१ करोड ६८ लाख र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका लागि एक अर्ब ८९ करोड ८० लाख बजेट विनियोजन गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार