भारतीय प्रधानमन्त्री मोदी मंगलबार फेरि रुस जाँदै !

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार फेरि रुस जाने भएका छन् । दोस्रोपल्ट प्रधानमन्त्रीमा नियुक्त भएपछि उनी रुस जान लागेको पनि दोस्रो पटक हो । 

यसअघि मोदी गत जुलाई ८ मा पहिलोपल्ट रुस गएका थिए । उनी १६ औँ ब्रिक्स समिटका लागि मंगरबार रूस जान लागेका हुन् । 

dashain shuvakamana
Discovery School

भारतीय प्रधानमन्त्री मोदी अक्टोबर २२–२३ मा रूसको कजानमा आयोजित ब्रिक्स समिटमा सहभागी हुने कार्यक्रम रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

समिटमा चीनका राष्ट्रपति शी जिनपिङ पनि जाने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति जिनपिङबीच द्विपक्षीय भेटघाट हुने सक्ने बताएको छ । 

तर, भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले सोमबार आयोजित पत्रकार सम्मेलनमा दुवै मुलुकका राष्ट्राध्यक्षबीच द्विपक्षीय भेटघाटको पुष्टि नगरेको बीबीसीको हिन्दी अनलाइन संस्करणले उल्लेख गरेको छ । 

तथापि, मिस्रीले द्विपक्षीय मुद्दाहरूमा भने कुराकानी हुने भने जानकारी दिएको बीबीसीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार