नेपाली राष्ट्रिय क्रिकेट टिमको अमेरिकामा १७ रनले विजयी

काठमाडौँ : अमेरिकाविरुद्धको तीन खेलको टी- २० सिरिजको आफ्नो पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको छ।

नेपालले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले १ सय ४७ रन मात्र बनाउन सक्यो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि रोहितकुमार पौडेलले ४९ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए।

Seti Hospital

त्यस्तै, आसिफ शेख र अनिल शाहले समान २७-२७ रन बनाएका थिए। दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए। अमेरिकाका लागि शौरभ नेत्रभाल्कर, जसदीप सिंह र हरमप्रित सिंहले समान २-२ विकेट लिए।

१ सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा १ सय ४७ रनमा समेटियो। उसका लागि स्यान जहानगिरले अविजित ६० रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक आन्द्रेस गौसले ३० रन बनाउँदा मिलिन्डा कुमारले २२ रन तथा जसदीप सिंहले १६ रन बनाएका थिए। अब यी दुईबिचको दोस्रो टी-२० आइतबार हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार