बाजुराको प्रसिद्ध धार्मिक स्थल नाटेश्वरी मन्दिरको नवनिर्मित भवनको उद्घाटन : राष्ट्रपति पौडेल

बाजुरा : राष्ट्रपति रामचन्द्र पौडेलले बाजुराको प्रसिद्ध धार्मिक स्थल नाटेश्वरी मन्दिरको नवनिर्मित भवनको उद्घाटन गरेका छन्। आज सम्पन्न एक औपचारिक कार्यक्रमका बीच त्रिवेणी नगरपालिका–७ मा रहेको यस मन्दिरमा उनले पूजा–आजा गरी धार्मिक क्रियाकलापमा पनि सहभागी भए। यो कार्यक्रम त्रिवेणी नगरपालिकाले आयोजना गरेको हो।

राष्ट्रपति पौडेलले यसअघि सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल बडीमालिका माताको दर्शन गरी नाटेश्वरी पुगेर मन्दिरको उद्घाटन गरेका थिए। यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे र प्रधानसेनापति समेत सहभागी भएका थिए।

dashain shuvakamana
Discovery School

मन्दिरको निर्माण कार्य २०७८ सालमा प्रारम्भ भएको थियो। करिब १४ करोड लागतमा मन्दिरको डिपिआर तयार गरिएको थियो, र जलुकेनी निर्माण सेवा प्रालिले ठेक्का पाएको थियो। सोही ठेक्कामा फनपार्क निर्माणको कामसमेत भएको थियो, जसमा करिब ६ करोडको लागत लागेको छ।

नाटेश्वरी मन्दिरले पर्यटकिय आकर्षण बढाउँदै लगेको छ। आधुनिक मन्दिरसँगै धर्मशाला, सडक सञ्जाल, र अन्य भौतिक संरचनाहरू निर्माण भएपछि यो क्षेत्र धार्मिक र पर्यटकिय दृष्टिकोणले महत्त्वपूर्ण बन्दै गएको छ।

नगर प्रमुख कर्ण बहादुर थापाका अनुसार, नाटेश्वरी क्षेत्र सुदूरपश्चिमको धरोहर र विकासको आधार मानिन्छ। यहाँ प्राचीनकालदेखि नै बडीमालिका माताको दर्शनका लागि आउने तिर्थालुहरूले विश्राम गर्ने थलोको रूपमा नाटेश्वरीलाई लिने चलन छ।

प्राकृतिक रूपले मनोरम रहेको नाटेश्वरी मन्दिरमा बाह्रै महिना दर्शनार्थीहरू आउने गरेको पूजारी पर्वत शाहीले बताए। १८७२ सालदेखि सरकारी टोलीहरूले बली दिने परम्परा रहेको र यस मन्दिरमा तत्कालीन राजा, महाराजाहरूले चढाएका घन्ट तथा शिलालेखहरू यस क्षेत्रको धार्मिक महत्त्वलाई झल्काउने स्रोतका रूपमा रहेको छ।

नाटेश्वरी र बडिमालिका क्षेत्रलाई संरक्षण र सम्वर्द्धन गर्न सबैको पहल आवश्यक रहेको नगर प्रमुख थापाले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार