धनगढीमा तीन जना फरार प्रतिवादी पक्राउ

धनगढी : कैलालीमा तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् । विभिन्न मुद्दामा फरार रहेका तीन जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चोरी मुद्दामा एक महिना कैद सजाय, ४५ हजार ८०० रुपैयाँ जरिबाना तोकिएका गोदावरी नगरपालिका-८ बस्ने ३५ वर्षका गंगाराम चौधरी, सोही मुद्दामा २३ दिन कैद सजाय, ४ हजार रुपैयाँ जरिबाना तोकिएका गोदावरी-१ बस्ने २५ वर्षका विनित बडु र ज्याम मार्ने उद्योग मुद्दामा २ वर्ष ५ महिना ३ दिन कैद सजाय, २५ हजार रुपैयाँ जरिबाना तोकिएका धनगढी उपमहानगरपालिका-१६ बस्ने २७ वर्षका धर्मसिह बोहरा रहेका छन् ।

SHIKHAR COOL TECH

जिल्ला अदालत कैलालीको फैसलाले कैद सजाय तथा जरिबाना ठहर भई फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार