मन्त्री भण्डारीले भेटे डडेल्धुरा बस दुर्घटनाका घाइते

धनगढी : मगंलबार राती डडेल्धुरामा बस दुर्घटना बाट घाइते भएकाहरुलाई उधोग, बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले भेटेका छन् । धनगढीको माया मेट्रो अस्पतालमा उपचाररत घाइतेहरुलाई मन्त्री भण्डारीले भेटेका हुन् ।

घाइतेहरुलाई भेट्दै मन्त्री भण्डारीले सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । भण्डारीले घाइतेहरुको उपचारमा कुनै कमी नगर्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । उपचाररत बिरामीको अवस्थापछि मन्त्री भण्डारीले माया मेट्रो अस्पतालका निर्देशक डा.मोहन साउँदलाई उपचार छिटो र सहज किसिमले गर्न निर्देशन दिएका हुन् ।

dashain shuvakamana
Discovery School

बस दुर्घटनामा परी मेरो गृह जिल्लाका ५ जनाले ज्यान गुमाएका छन् म अन्त्यन्तै दुखी भएको छु, डा.साउँदसगं कुरा गर्दै मन्त्री भण्डारीले भने “घाइतेका अबिभावकहरुले उपचारमा ढिला भइरहेको गुनासो गर्नुभएको छ, यसो नगर्नुहोला, तपाइले सक्ने उपचार छिटो र सहज गर्नुहोला नसक्नेलाई रेफर गरिदिनुहोला ।”

डा.साउँदले सबैको उपचार माया मेट्रो अस्पतालमै सम्भव रहेको बताएका छन् । दशैँका लागी चिकित्सकहरु विदामा भएका कारण केही ढिला भएपनि आज देखी सबै जनशक्ती पुगिसक्ने बताएका थिए ।

मन्त्री भण्डारीले पवनदुत यातायात प्रा.लीका अध्यक्षसगं फोन सवांद गरी घाइतेका उपचारका लागी तत्काल बिमा रकम निकासा गर्ने प्रबन्ध मिलाउन आग्रह गरेका छन् । जति सक्दो चाँडो घाइतेका उपचार गर्न सहजीकरण गर्न उनले आग्रह गरे ।

महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस मगंलबार राति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको हो । पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै पाँच जनाले ज्यान गुमाएका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार