प्रभु साहले मागे मीनबहादुरसँग जग्गा

सिरहा । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग जग्गा माग गरेका छन् ।

दसैँ, तिहार तथा छठ पर्वको शुभ सिराहाको गोलबजारमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष साहले पार्टीको केन्द्रीय कार्यालय निर्माणका लागि गुरुङसँग जग्गा माग गरेका हुन् ।

dashain shuvakamana
Discovery School

‘अर्बौँको सम्पत्ति भएको, तीनै तहको सरकारमा सहभागी नेकपा ९एमाले लाई जग्गा दान गरी पार्टी कार्यालय बनाइदिने भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले हामी जस्तो गरिब पार्टीको कार्यालय पनि बनाइदिए हुन्थ्यो नि १’, व्यङ्ग्यात्मक शैलीमा साहले भने, ‘अर्बौँको सम्पत्ति एक अरबपति पार्टीलाई दान गरिएको छ । दान त गरिब, असहाय, निमुखालाई पो गरिन्छ ।’

प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, मेयर भएको पार्टीलाई गुरुङले दिएको जग्गा दान नभएर खुलमखुला घुस दिएको साहको भनाइ छ ।

आफ्नो पार्टी कार्यालय आफै बनाउन नसक्ने एमालेबाट मुलुक समृद्ध हुन नसक्ने भन्दै अध्यक्ष साहले मुलुकलाई समृद्ध बनाउने जिम्मेवारी प्रभु साह लिन तयार रहेको बताए ।

‘मुलुकको निर्माण कार्य ठप्प छ । तोकिएकै समयमा निर्माण कार्य हुन नसकेर मुलुक बर्बाद भएको छ । महेन्द्र राजमार्ग, हुलाकी राजमार्ग लथालिङ्ग छ’, साहले प्रश्न गर्दै भने, ‘काठमाडौँको तीनकुने र कालीमाटीको पुल बनाउन नसक्ने प्रधानमन्त्रीजीले मुलुक समृद्ध कसरी बनाउनुहुन्छ रु उहाँले त आफ्नो पार्टी कार्यालय बनाउन सक्नुभएको छैन, मुलुक समृद्ध बनाउने कुरा भ्रम मात्रै हो ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार