धनगढी : भारतमा स्कुटी दुर्घटना हुँदा बझाङका एक युकको मृत्यु भएको छ । मृत्यु हुनेमा दुर्गाथली गाउँपालिका-१ थापागाउँ घर भएका ३६ वर्षका नरेन्द्र थापा रहेका छन् ।
उनको सोमबार दिउँसो आफैले चलाएको स्कुटी अनियन्त्रित भएर टाइल्स बोकेर गइरहेको ट्रकको पछाडिको टायर मुनी पर्दा घटनास्थलमै मृत्यु भएको उनका आफन्त विक्रम भण्डारीले बताए ।
उनी २० वर्षदेखि परिवारसहित भारतमा रोजगारी गर्दै आएका थिए । ट्रक चालक भारतीय नागरिकलाई त्यहाँको प्रहरीले थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्