बझाङको खप्तडछान्नामा नेपाल टेलिकमको टावरमा तोडफोड

बझाङ : बझाङको खप्तडछान्ना गाउँपालिका –४ मा रहेको नेपाल टेलिकम (एनटीसी) को टावरमा तोडफोड गरिएको छ । अज्ञात समूहले टावरमा क्षति पु¥याउँदा एक हप्तादेखि सञ्चार सेवा प्रभावित भएको छ ।

खत्रीवाडा माझीगाउँमा रहेको नेपाल टेलिकमको टावरमा प्रयोग भएका ब्याट्री, तार, सोलार प्यानल लगायतका विद्युतीय उपकरणमा अज्ञात समूहले यही असोज २३ गते क्षति पु¥याएको थियो ।

dashain shuvakamana
Discovery School

रिपिटर टावरमा तोडफोडपछि खप्तडछान्ना गाउँपालिका र आसपासका बासिन्दा समेत मोबाइल, टेलिफोन र इन्टरनेट सेवाबाट बन्चित भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी इन्सपेक्टर लोकेन्द्र सिंह ठगुन्नाले टेलिकमको टावरमा क्षति पु¥याउनेहरुको पहिचान नभएको र अनुसन्धान जारी रहेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार