घरमा कोही नभएको मौका छोपेर धनगढीका तीन घरमा चोरी

धनगढी : कैलालीको धनगढीमा तीनवटा घरमा चोरी गरिएको छ। घरमा कोही नभएको मौका छोपेर धनगढीका तीन घरमा चोरी गरिएको हो। दशैंको समयमा एकैदित तीन घरमा चोरी भएको प्रहरीले बताएको छ।

धनगढी उपमहानगरपालिका–३ स्थित फिस रिसोर्ट नजिकै शिवलाल अर्यालको घरमा चोरी भएको छ। उनी दशैंको टीका लगाउन पुनर्वास गएको अवस्थामा घरभित्रको दराज फोडेर करिब ७० हजार रुपैयाँ चोरी गरिएको छ।

dashain shuvakamana
Discovery School

चोरी भएको विषय हिजो (आइतबार) १ बजे मात्र घरधनीले प्रहरीले खबर गरेका थिए। सोही स्थानमा रहेको अर्को घरमा पनि चोरी गरिएको छ। कल्पना विकको घरमा चोरी भएको खबर प्रहरीले प्राप्त गरेको छ। उनी टीका लगाउन माइती घर झलारी गएको अवस्थामा मुल घरको ढोकाको ताल्ता तोडेर घरभित्र रहेको तीन तोला सुन चोरी भएको भन्दै विकले प्रहरीलाई जानकारी गराएकी छन्।

यस्तै धनगढी उपमहानगरपालिका–१३ नवदुर्गा टोलको एक घरमा पनि चोरी भएको छ। टेकेन्द्रबहादुर कुँवरको घरबाट २१ हजार रुपैयाँ चोरी भएको छ। आइतबार यी तीनवटै घरमा चोरी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार