अरिङ्गालको टोकाईबाट बाजुराका एक जनाको मृत्यु

धनगढी : बाजुरामा अरिङ्गालको टोकाईबाट एक जनाको मृत्यु भएको छ ।

बडीमालिका नगरपालिका – ५ मा अरिङ्गालको टोकाईबाट स्थानीय ६५ वर्षीय अंगे बडुवालको मृत्यु भएको हो । अरिङ्गालको टोकाईबाट डम्म साउँद घाइते भएको वडा अध्यक्ष धरमपाल मिजारले जानकारी दिएका छन ।

dashain shuvakamana
Discovery School

वडा अध्यक्ष मिजारका अनुसार अरिङ्गालको टोकाईबाट घाइते भएका साउँदलाई बडीमालिका नगरपालिकाको समन्वयमा थप उपचारका लागि धनगढी रिफर गरिएको छ । मृतक अंगे बडुवालको आइतबार दाहसंस्कार गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार