न्यूयोर्कमा उपाध्यायको द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमाथि बिमर्श, द्वन्द्वको स्मरण

धनगढी : अमेरिकाको न्यूयोर्कमा बुधवार पत्रकार दीर्घराज उपाध्यायद्धारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमाथि बिमर्श कार्यक्रम आयोजना गरियो ।

रिजउड नेपाली समाज र काठमाण्डौं फ्युजनको सहयोगमा सुदूर पश्चिम समाज अमेरिकाद्धारा न्यूयोर्कमा आयोजित पुस्तक बिमर्श कार्यक्रमका सहभागी वक्ताहरुले प्रवासमा रहेर १० वर्षे द्वन्द्वका नमिठा अनुभवहरु साटासाट गरे । र, आगामि समयमा त्यस्तो द्वन्द्व मुलुकले कहिल्यै नभोगोस भनेर कामना गरे ।

dashain shuvakamana
Discovery School

कार्यक्रममा बिशिष्ट अतिथि नेपाली जन सम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले पत्रकार उपाध्यायद्धारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमा एउटा पत्रकारले गरेको द्वन्द्वको अनुभव र मुलुकले भोगेको १० वर्षे द्वन्द्वको असरका बारेमा चित्रण गरिएको बताए । १० वर्षे द्वन्द्वबाट कुनै क्षेत्र पनि अछुतो रहेन, पत्रकारहरु पनि त्यसबाट प्रभावित भए, जसले आफ्नो ज्यान जोखिममा राखेर नागरिकलाई सुसूचित गरे, राज्य र बिद्रोही पक्षलाई नागरिकका मौलिक हकको रक्षाका लागि दवाव दिए, सभापति बिष्टले भने, यो पुस्तक त्यो समयको साक्षी हो ।

अहिले र भावी पुस्ताका लागि यो अध्ययन गर्ने महत्वपूर्ण दस्तावेज हो । उनले पत्रकार उपाध्यायले पत्रकारिता र साहित्यका माध्यमबाट समाज र राष्ट्रलाई पु¥याएको योगदानको प्रशंसा गरे । उनले भने, सुदूर पश्चिमको धनगढीबाट पत्रकारिता गर्दै आएको उपाध्यायको पत्रकारितासंगै साहित्य र समाजसेवामा बिशिष्ट योगदान कसैले बिर्सिन सक्दैन ।  उपाध्याय सुदूर पश्चिमका सवाललाई काठमाण्डौंसंग मात्र नभएर संसारसंग जोड्ने सशक्त पत्रकार हुन्, बिष्टले भने, जसले द्वन्द्वमा नागरिकका बाँच्न पाउने अधिकारका लागि लडे र शान्ति प्रकृयापछि सुदूर पश्चिमको विकास र समृद्धिका लागि निरन्तर रुपमा पैरवी गरे । 

कार्यक्रमका अतिथि साहित्यकार किसन सिंह धामीले पत्रकार तथा कवि उपाध्यायद्धारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकसंगै कविता संग्रह आमा म आउँदैछु कविता संग्रहका बारेमा टिप्पणी गरे । उनका कवितामा देश छ, देश प्रेम छ, नागरिकका पीडा छन्, आमा, छोरी र बुवाप्रति कविको अनुभूति छन्, कविता पढ्ने जो सुकै उनको अनुभूति आफ्नै जस्तो लाग्छ,धामीले भने, अत्यन्त सरल र सबैले बुझ्ने भाषामा लेखिएका उनका कविता सशक्त छन् । 

उनले पत्रकार उपाध्यायले मोफसलमा रहेर साहित्य,पत्रकारिता र समाजसेवाका माध्यमबाट बिशिष्ट पहिचान बनाएको बताए ।  कार्यक्रममा सहभागी मध्य अधिकांशले द्वन्द्वमा आफूले भागेको नमिठो पीडा र अनुभव सुनाए । कतिपयले आफू अपहरणमा परेको सुनाए । कतिपयले अपहरणबाट जोगिएर बाँचेको बताए । राज्य र माओवादी दुबै पक्षबाट प्रताडित भएका उनीहरुले फेरि द्वन्द्व नहोरियोस भनेर कामना गरे । कार्यक्रमका प्रमुख अतिथि पत्रकार उपाध्यायले पुस्तकमा पत्रकारिता र सिंगो देशले भोगेको द्वन्द्व र त्यसको असर समेटिएको बताए ।

उनले भने, एउटा पत्रकारको युद्ध रिपोर्टिङको अनुभव मात्र यो पुस्तकमा समेटिएको छैन, आम नागरिकले भोगेका पीडा पनि पुस्तकमा समेटिएको छ । अनाहकमा मारिएका, बेपत्ता पारिएका पत्रकार र आम नागरिक र तिनका परिवारका कथा, व्यथा र अनुभव पुस्तकमा समेटिएका छन् । उनले पत्रकारिताका विद्यार्थीका लागि मात्र नभएर अहिले र भावी पुस्ताका लागि यो पुस्तक द्वन्द्वका १० वर्षको अध्ययन सामग्री भएको बताए । 

यो पुस्तकमा आफ्नो ज्यान जोखिममा राखेर नागरिकको जीवन रक्षाका लागि पत्रकारहरुले निर्बाह गरेका संघर्ष र अनुभवका कथाहरु मत्र समेटिएका छैनन, देशले भोगेको द्वन्द्वको समग्र असर चित्रण गरिएको छ । द्वन्द्वका १० वर्षमा मुलुक निकै कठिनबाट गुज्रिएको स्मरण गर्दै पत्रकार उपाध्यायले त्यो कठिन घडीको दस्तावेजबाट आगामि पुस्ताले नेपाली समाजले भोगेको द्वन्द्व कति भयानक थियो भन्ने अनुभूति गर्ने बताए ।  कार्यक्रममा उपाध्यायले आफ्नो कविता संग्रहबाट मृत्युले भन्यो म छु नि त,  छोरी र बा शिर्षकको कविता सुनाए ।

पत्रकार उपाध्यायले सुदूर पश्चिम समाज अमेरिकाद्धारा पुस्तक बिमर्शसंगै आफूलाई स्वागत तथा सम्मान गरिएकोमा आभार व्यक्त गरे । उनले कार्यक्रम आयोजनाका लागि सहयोग गर्ने रिजउड नेपाली समाजका अध्यक्ष राजेश भट्ट, काठमाण्डौं फ्युजनका सञ्चालक जीवन बम र कार्यक्रममा सहभागी भएका सम्पूर्ण अतिथिहरुलाई धन्यवाद दिए । कार्यक्रममा रिजउड नेपाली समाजका अध्यक्ष राजेश भट्ट, गैर आवासीय नेपाली संघ अमेरिकाकी उपाध्यक्ष लक्ष्मी थापा, सुदूर पश्चिम समाजका अगुवा मोहन सिंह बिष्टले पत्रकारिता र साहित्यका माध्यमबाट उपाध्यायले पुर्याएको योगदानको प्रशंसा गरे ।

कार्यक्रमका बिशिष्ट अतिथि बिष्ट, सुदूर पश्चिम समाजका अगुवा जीवन बम, हरिशचन्द्र हमाल, पूर्व अध्यक्षहरु राम बहादुर देउवा, गणेश बिष्ट लगायतले पत्रकार उपाध्यायलाई खाँदा ओढाएर स्वागत तथा सम्मान गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा सुदूर पश्चिम समाज अमेरिकाका उपाध्यक्ष नवीन ओझाले पत्रकारिता र सामाजिक क्षेत्रमा अढाई दशकदेखि सक्रिय उपाध्यायसंग माईती नेपालको धनगढीको प्रमुखका रुपमा आफू कार्यरत रहदा सहकार्य गरेको सुनाए । उनले भने, उपाध्याय हाम्रो पुस्ताका सशक्त पत्रकार हुन् ।

जसले सधै निर्भिक भएर पत्रकारिता गरे ।  कार्यक्रम सुदूर पश्चिम समाज अमेरिका न्यूयोर्कका अध्यक्ष दानसिंह बिष्टको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष बिष्टले ऐतिहासिक पुस्तक द्वन्द्व पत्रकारिताको एक दशक  र कविता संग्रह आमा म आउँदैछुका लागि उपाध्यायलाई बधाई दिनुका साथै पुस्तक बिमर्श कार्यक्रममा सहभागी भएकोमा सम्पूर्ण अतिथिलाई धन्यवाद दिए । कार्यक्रमको सञ्चालन समाजका उपाध्यक्ष राईभान महराले गरेका थिए । पत्रकार उपाध्यायका चार वटा कृति प्रकाशित छन् । गत महिना उपाध्यायको द्वन्द्व पत्रकारिताको एक दशक र आमा म आउँदैछु कविता संग्रह गरी दुई वटा कृति प्रकाशित भएका थिए । 

सुदूर पश्चिम समाज अमेरिकाद्धारा पत्रकार उपाध्यायलाई सम्मान सुदूर पश्चिम समाज अमेरिकाले पत्रकार दीर्घराज उपाध्यायलाई बुधवार न्यूयोर्कमा सम्मान गरेको छ । सुदूर पश्चिम समाज अमेरिकाद्धारा बुधवार न्यूयोर्कमा आयोजित पत्रकार तथा कवि उपाध्यायलाई उनीद्धारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकको बिर्मश कार्यक्रममा कदर पत्र र दोसल्ला सहित सम्मान गरिएको हो ।

समाजका अध्यक्ष दानसिंह बिष्ट, बिशिष्ट अतिथि नेपाली जन सम्पर्क समितिका सभापति आनन्द बिष्ट लगायत समाजका अगुवाहरुले समाजका तर्फबाट पत्रकार उपाध्यायलाई कदर पत्र र दोसल्ला सहित सम्मान गरेका हुन् । अढाई दशकदेखि सुदूरपश्चिमको धनगढीबाट पत्रकारिता गर्दै आउनुभएका पश्चिम टुडे मिडिया ग्रुपका प्रधान सम्पादक उपाध्यायले नेपाली पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारहरुको पेशागत हकहीत र अधिकारका लागि निर्बाह गर्नुभएको योगदानको उच्च प्रशंसा गर्दछौ, उपाध्यायलाई प्रदान गरिएको कदर पत्रमा भनिएको छ, द्वन्द्व पत्रकारिताको एक दशक, आमा म आउँदैछु लगायत चार वटा पुस्तकका लेखक तपाईले पत्रकारिता, साहित्य र समाजसेवाका माध्यमबाट सुदूर पश्चिम प्रदेशको नाम देशविदेशमा चिनाउनुभएकोमा हामी गौरवान्वित भएका छौ ।

सुदूर पश्चिम समाज अमेरिकाका हरेक अभियानमा तपाईबाट प्राप्त, साथ, सहयोग र सहकार्यका लागि आभार व्यक्त गर्दछौ । पत्रकारिता, साहित्य र समाजसेवाका क्षेत्रमा तपाईले पु¥याउनु भएको अतुलनीय योगदानको उच्च सम्मान गर्दै सुदूर पश्चिम समाज अमेरिकाका तर्फबाट तपाईलाई यो कदर पत्र प्रदान गर्दछौ, अध्यक्ष दान सिंह बिष्ट र महासचिव हरीदत्त जोशीद्धारा हस्ताक्षरित कदर पत्रमा अगाडि भनिएको छ, आगामि दिनमा पनि पत्रकारिता र सामाजिक क्षेत्रमा यस्तै उत्कृष्ट कार्यको अपेक्षा गर्दै यहाँको सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार