धनगढीको दुई स्थानबाट नगदसहित १८ जना जुवाडे पक्राउ

धनगढी : प्रहरीले १८ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थाबाट उनीहरुलाई धनगढीको दुई स्थानबाट पक्राउ गरेको हो । 

जुवाडेको साथबाट ताससहित दुई लाख ४७ हजार रुपियाँ बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार धनगढी उपमहानगरपालिका –१३ श्रीलङ्कास्थित जङ्गल र धनगढी उपमहानगरपालिका –५ लब्लीचोकस्थित सौरभ एण्ड सौगात नास्ता पसलबाट उनीहरुलाई पक्राउ गरिएको हो । 

dashain shuvakamana
Discovery School

जङ्गलबाट पक्राउ पर्नेमा बैतडीको सुनर्या गाउँपालिका –२ का ३४ वर्षीय करन विष्ट, धनगढी उपमहानगरपालिका –२ का ३९ वर्षीय सुरेश बुढाऐर, धनगढी उपमहानगरपालिका –१ बस्ने ३४ वर्षीय पुष्प विष्ट, ३८ वर्षीय ज्ञानबहादुर रोकाया छन् । यस्तै, बैतडीको पाटन नगरपालिका –४ का ३५ वर्षीय सुरेन्द्र विष्ट र कैलालीको गोदावरी नगरपालिका –१ का ४० वर्षीय पदम साउद छन् । 

त्यस्तै, सौरभ एण्ड सौगात नास्ता पसलबाट पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका –५ का ४३ वर्षीय जागुराम चौधरी, ४२ वर्षीय रामलाल चौधरी, ३२ वर्षीय कृष्णदेव चौधरी, ३३ वर्षीय हीरालाल चौधरी, ४७ वर्षीय सुरेश चौधरी छन् । यसैगरी, २३ वर्षीय शिवु चौधरी, २४ वर्षीय सुरेश चौधरी, ३० वर्षीय हरि चौधरी, ३५ वर्षीय स्यामु चौधरी, २६ वर्षीय दीपक चौधरी, २३ वर्षीय रमेश चौधरी र होटल सञ्चालक ४२ वर्षीय मैते डंगौरा थारु पक्राउ परेका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार