अछाम जाँदै गरेको हाइस दुर्घटना, १३ जना घाइते

अछाम : कैलालीबाट अछाम जाँदै गरेको हाइस दैलेख जिल्लाको तल्लो डुङ्गेश्वर नजिक दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

दैलेखको गुराँस गाउँपालिका–२ तल्लो डुङगेश्वर नजिक मङ्गलबार साँझ सडक भित्तामा ठोक्किएर दुर्घटना हुँदा उक्त गाडीमा सवार १३ जना घाइते भएको अछाम प्रहरीले जनाएको छ । 

dashain shuvakamana
Discovery School

घाइतेमध्ये तीन जना गम्भीर, पाँच जना मध्यम र पाँच जना सामान्य रहेकोे अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो । घाइते सबैलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत लगिएको भण्डारीले जानकारी दिनुभयो । 

घाइते हुनेमा अछाम जिल्ला ढकारी गाँउपालिका–८ की ४ वर्षीया नेहा खड्का, मंगलसेन नगरपालिका– १२ का ५० वर्षीय पार्वती शाही र दैलेख जिल्ला आठबिस नगरपालिका–४ का २५ वर्षीय रिदम शाहीको अवस्था गम्भीर रहेको छ ।

नेहा र पार्वतीको टाउको र रिदमको अनुहार र खुट्टका गम्भीर चोट लागेको अछाम प्रहरीले जानकारी दिएको छ । मंगलसेन नगरपालिका–१४ का ३५ वर्षीय केशर सोडारी, ५६ वर्षीय जैसरा भण्डारी, ६१ वर्षीय नरबहादुर सोडारी घाइते हुनुभएको छ । 

यस्तै सामन्य घाइते हुनेमा मंगलसेन नगरपालिका–१४ की ३७ वर्षीय डिक्रा सोडारी, १३ वर्षीय किस्मत वयक, ४५ वर्षीय देवेन्द्र शाही, ५ वर्षीय अमिक शाही हुनुहुन्छ । 

दुर्घटनामा ढकारी गाउँपालिका–८ का ८ वर्षीय कृष्ण खड्का, २५ वर्षीय चम्फा खड्का, कैलाली जिल्लाको लम्की चुहा नगरपालिकाका ४१ वर्षीय बिमा बुढा पनि घाइते हुनुभएकोृ छ । 

सु।प्र ०१००१ ख ३०४६ नम्बरको गाडी अचानक सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडीका चालक बिमल दमाई फरार रहेको र खोजी कार्य भइरहेको बताइएको छ । दैलेख प्रहरीले दुर्घटना बारे थप अनुसन्धान पनि गरिरहेको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार