टीकापुरमा दिउँसै मोटरसाइकल चोरी

धनगढी : टीकापुर नगरपालिकाको मुख्य बजार क्षेत्रबाट दिउँसै मोटरसाइकल चोरी भएको छ।

टीकापुर नगरपालिका वडा नम्बर १ स्थित नेपाल बैंक लिमिटेडको हाताभित्रबाट टीकापुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दीपक चौधरीको मोटरसाइकल चोरी भएको हो।

dashain shuvakamana
Discovery School

उनले चढ्दै आएको सरकारी नम्बर प्लेटको सुप प्र ०१–००१ ब २३०४ नम्बरको मोटरसाइकल मंगलबार दिउसो करिब १२ः३५ बजेतिर चोरी भएको हो।

उनले आफू काम विशेषले बैंक भित्र गएको अवस्थामा पार्किङ गरेर राखेको मोटरसाइकल चोरी भएको बताए। ‘म एकै छिनमा काम सकेर आइसकेको थिए’ उनले भने,‘पार्किङ गरेको ठाउँमा बाइक भेटिएन।’

कालो रंगको कपडा लगाएर आएको व्यक्तिले मोटरसाइकल चोरेको सिसी क्यामेरामा देखिएको चौधरीले जानकारी दिए। ‘सुरुमा मोटरसाइकलमाथि बसेको देखिन्छ। एक छिनमा शौचालय तिर गएको छ’ उनले भने–‘शौचालयबाट फर्केर मोटरसाइकल लगेको छ।’

दिनदहाडै मुख्य बजार क्षेत्रबाटै मोटरसाइकल चोरी भएपछि प्रहरी समेत अचम्मित परेको छ। दसैँ तिहार जस्ता महत्त्वपूर्ण चाडपर्व नजिकिएको बेला यस्ता घटनाले सुरक्षा चुनौती थपिएको छ। बजारमा किनमेल गर्न सर्वसाधारणको चाप बढेको छ। यस्तै बेला थप कुनै अप्रिय घटना हुनसक्ने जोखिम समेत बढेको छ।

इलाका प्रहरी कार्यालय टीकापुरका इञ्चार्ज डिएसपी नविन राजा बुढाथोकीले मोटरसाइकल चोरीको घटना प्रति आफू गम्भीर भएको बताए। उनले मोटरसाइकल चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको जानकारी दिए। उनले प्रहरी परिचालन गरिएको बताए। उनले थप कुनै अप्रिय घटना हुन नदिने तर्फ प्रहरी सचेत रहेको बताए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार