स्वतन्त्र विद्यार्थी युनियन केएमसीले ‘स्टार्टअप आइडिया प्रतियोगिता २०८१’को आयोजना गर्ने

धनगढी : स्वतन्त्र विद्यार्थी युनियन केएमसीले ‘स्टार्टअप आइडिया प्रतियोगिता २०८१’को आयोजना गर्ने भएको छ। विद्यार्थीलाई उद्यम व्यापार र स्वरोजगारसँग जोड्नका लागि उक्त प्रतियोगिता गरिने भएको हो।

उद्यम, व्यापार, कृषि, पर्यटन र विज्ञान लगायतका जुनसुकै विषय र क्षेत्रसँग सम्बन्धित रहेर पनि प्रतियोगितामा सहभागी हुन सकिने कैलाली बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष यमराज जोशीले बताएका छन्।

Galaxy

आफूले तयार पारेको योजना उपलब्ध साधन स्रोतबाट सम्भव छ या छैन। त्यसको आधारसहित प्रस्तुत गर्नुपर्ने उनले बताएका छन्।

अध्यक्ष जोशीले भने, ‘प्रत्येक व्यक्तिमा केही न केही सम्भावना हुने र उक्त सम्भावनालाई अरू समक्ष कसरी प्रस्तुत गर्ने र व्यक्ति भित्रका विचार दृष्टिकोण र भिजनलाई प्रयोग गरी समाज र राष्ट्रलाई योगदान हुने गरी यो प्रतियोगिता आयोजना गर्न लागेका छौँ।’

प्रतियोगितामा एकल योजना पनि बनाउन सकिनेछ भने बढीमा चार जनाको समूह बनाउन पाइनेछ। एकल योजना वा दुई जनाको समूहमा दुवै जना स्नातक वा स्नातकोत्तर तहको नियमित विद्यार्थी हुनुपर्नेछ र तीन जनाभन्दा बढीको समूहमा दुई जना अनिवार्य स्नातक र स्नातकोत्तर तहको नियमित विद्यार्थी हुनुपर्ने आयोजकले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार