आजदेखि स्थानीय उत्पादनको प्रवर्द्धन बजार सुरु हुँदै !

धनगढी : ‘यसपालिको दसैँ तिहारमा सुदूरपश्चिमकै लगाउने सुदूरपश्चिमकै खाने’ भन्ने नाराका साथ आज (मंगलवार) देखि सुदूरपश्चिम प्रदेशका उत्पादित वस्तुहरूको विक्री वितरण प्रवर्द्धन र प्रदर्शनी बजार सुरु हुँदैछ ।

दसैँ तिहारको अवसरमा कैलालीको अत्तरियामा, कैलाली चेम्बर अफ कमर्स, नेपाल चेम्बर आफ कमर्स सुदूरपश्चिम प्रदेश र समृद्ध सुदूरपश्चिम अभियानको आयोजनामा बजार सुरु हुन लागेको हो । नेपाल चेम्बर आफ कमर्स सुदूरपश्चिम प्रदेश अध्यक्ष विनोद मल्लले प्रवद्र्धन बजारको सम्पुर्ण तयारी पुरा भएको बताए ।

dashain shuvakamana
Discovery School

उनले स्थानीय उत्पादन राख्नको लागि १२ वटा स्टल तयार भएको बताए । विक्री वितरण प्रवर्द्धन र प्रदर्शनी बजारको संघीय सरकारका उद्योग वाणीज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रवर्द्धन बजारमा सम्बन्धित निकायबाट अनुमति लिएर यस क्षेत्रमा उत्पादन गरिरहेका जुत्ता, चप्पल, गार्मेन्टका उत्पादन देखि लिएर सुदूरपश्चिमका ९ वटै जिल्लामा उत्पादन हुने परम्परागत सामाग्री, खाद्यान्नका स्टल राखिने जनाइएको छ ।

स्टलहरु निःशुल्क रूपमा विक्रेतालाई उपलब्ध गराइने जनाइएको छ । कार्तिक १७ गते सम्म सञ्चालन हुने प्रवद्र्धन बजारमासुदूरपश्चिमका उत्पादन सँग सम्बन्धित बहस कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार