अविरल वर्षाका कारण विपद्मा परेका परिवारलाई राहत वितरण

डडेल्धुरा : अविरल वर्षाका कारण विपद्मा परेका परिवारलाई राहत वितरण गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिति डडेल्धुराले गन्यापधुरा गाउँपालिकाका पहिरो प्रभावित तीन परिवारलाई राहत वितरण गरेको हो ।

समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार साउन ३२ गतेको अविरल वर्षासंगै आएको पहिरोले प्रभावित भएका गन्यापधुरा गाउँपालिका –२ की मुन्नीदेबी भण्डारीलाई १५ हजार तथा भदौ २८ गते पहिरोले घर क्षति भएका गन्यापधुरा –२ का इश्वरीदेवी पाल र देबबहादुर देउवालाई २०/२० हजार राहतस्वरूप उपलब्ध गराइर्को हो ।

यस्तै, बहुउद्येश्यिय विकास समाज (एमपिडिएस) डडेल्धुराले पनि प्रभावित भएका परिवारलाई सहयोग गरेको छ । उसले प्रतिपरिवार २५ किलो चामल, दुई लिटर तेल, चार किलो दाल, दुई किलो चिनी र १ कुलो नुन सहयोग गरेको हो ।

गन्यापधुरा गाउँपालिका–२ का वडा अध्यक्ष मनोजबहादुर देउवाका अनुसार तीनै जनाको घर पूर्ण क्षति भएको थियो भने राहतका लागि वडा कार्यालयले सिफारिस गरेको थियो । चाडपर्वको बेला प्रभावितहरुलाई मिलेको राहतले उनीहरुलाई ठूलो सहयोग मिलेको वडा अध्यक्ष देउवाले बताए ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार