एमाले कैलाली अध्यक्ष ढुङ्गानाले व्यहोरे मनसराको सम्पूर्ण उपचार खर्च

कैलाली : नेकपा एमाले कैलाली अध्यक्ष यज्ञराज ढुङ्गानाले एक महिलाको सम्पूर्ण उपचार खर्च व्यहोरेका छन् । नवजीवन अस्पतालका सञ्चालक समेत रहेका पार्टी अध्यक्ष ढुङ्गानाले डोटी गड्सेरा ५ की मनसरा देवी खडायतको उपचार खर्च व्यहोरेका हुन् ।

भिरबाट लडेर खुट्टामा गम्भीर चोट लागेको अवस्थामा उनले आर्थिक अभावका कारण घरमै घरेलु उपचार गराइरहेकी थिइन् । दुई दिन पछि एमाले अध्यक्ष ढुङ्गानाले आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेको थाहा पाएपछि नवजीवन अस्पतालमा बोलाएर उपचार गराएका हुन् ।

dashain shuvakamana
Discovery School

घटनाको दुई दिन सम्म उपचार नपाएको हुँदा खुट्टाको चोटले पुरै खुट्टामा संक्रमण गरिसकेको थियो । वरिष्ठ हाडजोर्नि विशेषज्ञ डा. विदुरमणी ढकाल नेतृत्वको चिकित्सक टोलीले उनको सफल शल्यक्रिया गरेका थिए । त्यस क्रममा उनको उपचारको लागि लागेको करिब २ लाख बढि रकम आफूले व्यहोरेको अध्यक्ष ढुङ्गानाले बताए ।

‘आ र्थिक अवस्था निकै नाजुक भएर उपचार गर्न सकिरहनु भएको थिएन । मैले उहाँको सम्पूर्ण उपचार निःशुल्क गरिदिएको छु ’ अध्यक्ष ढुङ्गानाले भने, ‘जनताको सेवा गर्नु नै हामी राजनीतिज्ञहरूको धर्म हो ।’ ७८ वर्षकी मनसराको श्रीमान् छैनन् ।

एक छोरा अपाङ्ग छन् भने अर्का सानै छन् । आफूहरूले उपचार गर्न समस्या भइरहेको बेला अध्यक्ष ढुङ्गानाले उपचार गरिदिएपछि ठुलो राहत मिलेको छोरा कुमार खडायतले बताए ।

‘हामी गरिबको पीडा पनि बुझिदिने हुनुहुँदो रहेछ उहाँले मेरो आमाको उपचार गरेर ठुलो सहयोग गर्नु भएको छ’ छोरा कुमारले अध्यक्ष ढुङ्गानालाई आभार प्रकट गर्दै भने । असोज ६ गते घाँस काट्न जाँदा लडेर मनसरा घाइते भएकी थिइन् ।

उनी ८ गते अस्पताल भर्ना भइन् । भीरमा लडेर दुई दिन सम्म घरमै थलिएकी उनले आफ्नो उपचार हुने सम्भावना टर्दै गएको बताएकी थिइन् । अध्यक्ष ढुङ्गानाले उपचार गरिदिएपछि आफूले पुनर्जन्म पाएको उनले बताइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार