लागू औषध चरेस सहित २ युवा युवती पक्राउ

धनगढी : कैलालीबाट लागू औषध चरेस सहित २ युवा युवती पक्राउ परेका छन । आइतबार बर्दगोरिया गाउँपालिका – २ बौनिया बजारबाट चरेस सहित घोडाघोडी नगरपालिका – ७ का २५ वर्षीय अर्जुन बिक र गौरिगंगा नगरपालिका – ७ की २६ वर्षीय निशा चौधरी पक्राउ परेका हुन ।

बौनिया बजारमा सवारी चेक–जाँचको क्रममा से १ ख ११८८ नम्बरको बसमा सवार उनीहरुलाई शंका लागि चेकजाँच गर्दा निशाको साथबाट लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

dashain shuvakamana
Discovery School

२०.५० ग्राम तौल भएको उक्त चरेस सहित दुबै जनालाई इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार