बजार अनुगमनका क्रममा १ लाख बढीका म्याद नाघेका सामग्री नष्ट

बैतडी : बैतडीको मेलौली नगरपालिकाका विभिन्न स्थानमा बजार अनुगमनका क्रममा १ लाख बढी मूल्यका म्याद नाघेका सामग्री बरामद गरेर नष्ट गरिएको छ ।

चाडपर्वको समयमा कालोबजारी हुन सक्ने, म्याद नाघेका सामग्री विक्रिवितरण हुन सक्ने अवस्थालाई मध्यनजर गरेर बजार अनुगमन गरिएको अनुगमन समितिकी संयोजक एवं मेलौली नगरपालिकाकी उपप्रमुख पार्वती बोहरा बिष्टले बताइन् ।

dashain shuvakamana
Discovery School

नगरपालिकाको मर्छले, काँडा, हरिपुर, जिरोपोईन्ट, लामालेक, सलेना, दुर्गास्थान, कपर्त, स्यालतडी, बागोठ लगायतका ठाउँमा गरिएको अनुगमनका क्रममा १ लाख १ हजार १ सय २५ रुपैयाँ बराबरका म्याद नाघेका सामग्री बरामद गरी नष्ट गरिएको उनले बताइन् ।

अनुगमनका क्रममा व्यापारीहरुलाई सम्बन्धित निकायमा दर्ता हुन आग्रह गरिएको छ भने दर्ता भएर नवीकरण नगरेकाहरुलाई नवीकरण गर्न आग्रह गरिएको छ । म्याद नाघेका सामग्री बिक्री वितरणमा कमी ल्याउन,खाद्य अधिकारका बारेमा व्यापारी तथा उपभोक्तालाई जागरुक बनाउनका लागि बजार अनुगमन गरिएको उपप्रमुख बिष्टले बताइन् ।

अनुगमनका क्रममा म्याद नाघेका सामग्री विक्रि गर्न नहुने कुरामा अझै व्यापारीहरु सचेत नभएका पाइएकाले यो बिषयमा उपभोक्ताहरु पनि सचेत हुनुपर्नेमा उनले जोड दिइन् । अनुगमन गर्दा पसलहरुमा मूल्यसूची राखेको नपाइएकाले मूल्यसूची राख्न निर्देशन दिइएको उनले बताइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार