कैलाली अस्पतालको निशुल्क स्वास्थ्य शिविरमा लिए सयौ सेवाग्राहीले सेवा

धनगढी : नेपाल औषधि ब्यबसायी संघ र धनगढी स्थित कैलाली अस्पतालले संयुक्त रुपमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा सयौ सेवाग्राहीले सेवा लिएका छन ।

भजनी नगरपालिका ५ कुटि स्थित कर्मेश्वर माबि प्रांगणमा शनिबार भएको स्वास्थ्य शिविरमा विशेषज्ञ सेवा सहितका डाक्टरहरुले बिरामीको चेकजाँच र औषधि निशुल्क रुपमा बितरण गरिएको स्वास्थ्य शिविरका संयोजन एबम औषधि ब्यबसायी संघ कैलालीका उपाध्यक्ष डम्बर ऐरीले बताए । उनले शिविरमा ३ सय ५० भन्दा बढीले सेवा लिएको बताए ।

dashain shuvakamana
Discovery School

कैलाली अस्पतालमा कार्यरत डाक्टरहरुले बिरामी चेकजाँच गरेको बताउदै अस्पतालका अध्यक्ष एबम सुदुरपश्चिम औषधि ब्यबसायी संघका वरिष्ठ उपाध्यक्ष जनकराज जोशीले बिरामीलाई घरदैलोमै उपचार सेवा दिन पाएकोमा खुशी लागेको बताए ।

पैसाको अभावमा सामान्य देखि जटिल खालका बिरामी शरिरमै बोकेर बस्ने बिरामीका लागि निशुल्क रुपमा चेकजाँच औषधि घर दैलोमै पाउँदा बिरामीहरु समेत दंग देखिए । भजनी ५ भुरुवाका रश्मि राजीले जचाँउन जानका लागि पैसा र समय नभएका कारण धेरै दिनदेखी रोग दबाएर राख्नु परेको बताए ।

उनले स्वास्थ्य शिविर गाउँमा आउन लागेको थाहा पाएर आफू जचाँउन आएको बताइन । त्यस्तै भजनी चर्चाकै लवस्ती भुर्जीले पैसा नभएका कारण उपचार गराउन बाहिर जान नसकेको बताइन । उनले पनि राजीले जस्तै आफ्नै घर आगनमा शिविर लाग्ने खबरले आफू निकै खुशी भएको बताइन ।

शिविरमा सहभागी स्वास्थ्यकर्मीहरुलाई औषधि ब्यबसायी संघ कैलालीका अध्यक्ष प्रेम बिसिले धन्यवाद सहित आगामी दिनमा यस्तै सहयोगको अपेक्षा राखेको बताए । त्यस्तै संविधान सभा सदस्यद्वर हरि ज्ञवाली ९अखण्ड०, बिरमान चौधरी, नेपाल औषधि ब्यबसायी संघका केन्द्रीय सदस्य गया प्रसाद कुश्मी लगायतले खादा तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार