काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल)को अक्सनमा सुरु भएको छ।
सोल्टी होटलमा जारी अक्सनमा १६२ खेलाडी सहभागी छन्। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
अक्सनका लागि ग्रेड ‘ए’ मा २७, ‘बी’ मा ३८ र ‘सी’ मा ७७ खेलाडी छन्। सहभागी ८ टोलीले अक्सनबाट १० खेलाडी छनोट गर्न पाउनेछन्।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता जनाउने छन्। प्रतियोगितामा सुदूरपश्चिम रोयल्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्नेछन्।
प्रतिक्रिया दिनुहोस्