धनगढीको रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरमा दसैँ अफर

धनगढी : हिन्दुहरूको महान् चाड वडा दशैको उपलक्ष्यमा रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टर धनगढीले दसैँ अफरको योजना सार्वजनिक गरेको छ । केही हप्ता अघि मात्रै सेती प्रादेशिक अस्पताल अगाडी सञ्चालनमा आएको रुद्राक्ष डायग्नोस्टिकले ल्याबमा विभिन्न सेवाहरूमा दसैँ अफर सञ्चालन गरेको छ ।

रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टर धनगढीका सञ्चालक हरि धामीका अनुसार असोज १८ गतेदेखि असोज २४ गतेसम्म विभिन्न जाँचमा विशेष छुट प्रदान गरिरहेको बताउँदै सो अवसरको फाइदा उठाउन  ग्राहकलाई अनुरोध समेत गरे ।  सबैलाई सस्तो दरमा स्वास्थ्य सेवा दिने उद्देश्यले रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टर स्थापना गरिएको उनले बताए ।

SHIKHAR COOL TECH

डेढ करोड बढी लागतमा स्थापना गरिएको डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टरमा सामान्य सुगर जाँच देखि विभिन्न हार्मोन, क्यान्सर समेत जाँच गरिने धामीले बताए । उनले डिजिटल युग सुहाउँदो सबै रिपोर्टहरू इमेल, ह्वाट्स्याप र मोबाइलमा म्यासेज आउने हुँदा रिपोर्टका लागि बिरामीले घण्टौ कुर्नु नपर्ने बताए ।

ल्याब असिस्टेन्ट, टेक्निसियन र बिएमएलटी गरेका दक्ष जनशक्तिद्वारा ल्याब परीक्षण गरिने डायग्नोस्टिक एण्ड रिसर्च सेन्टर २४ सैं घण्टा खुला रहनेछ । ल्याबको ५ किलोमिटर पेरिफेरिमा घरमै गएर निःशुल्क रुपमा रगतको नमुना सङ्कलन समेत गरिने जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार