क्यानडामा नेपाल टोलीको ५० ओभरको जित

काठमाडौं : क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानिय टोलीलाई ५० ओभरको अभ्यास खेलमा पराजित गरेको छ ।

टोरोन्टोको किंग सिटीमा भएको खेलमा नेपाल २० रनले विजयी भयो । १ सय ७७ रनको लक्ष्य पछ्याएको क्यानडाको स्थानिय टोलीले ४५.३ ओभरमा अल आउट हुदै १ सय ५६ रन मात्र जोड्न सक्यो ।

dashain shuvakamana
Discovery School

स्थानिय टोलीका ओलिभर कक्सले ७८ बलमा सर्वाधिक ३९ रन बनाउँदा मुनिर अहमदले ५७ बलमा ३६ रन जोडे। ओपनर युवराज शर्माले ३१ बलमा २३ रन जोड्दा कप्तान अलि नदिमले २८ बलमा २० रन बनाए ।

नेपालका ललित नारायण राजवंशी र गुलशन कुमार झाले समान २ तथा दीपेन्द्रसिंह ऐरी, रिजन ढकाल र कुशल भुर्तेलले समान १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा अल आउट हुनु पुर्व १ सय ७६ रन जोड्यो ।

नेपालका लागि कप्तान सोमपाल कामीले ३३ बलमा सर्वाधिक ३१, दीपेन्द्रसिंह ऐरीले ४० बलमा २७, ओपनर अनिल शाहले २५ तथा आरिफ शेखले १८ रन जोडे ।

स्थानिय टोलीका लागि इरफान सदात, शहिद अहमदजाइ, सुखजिन्दर सिंह र निशान्त भार्गभले समान २ तथा शिल पटेल रराना सलमानले समान १ विकेट लिए । विश्वकप लिग टुका लागि अमेरिका जानु अघि नेपालले अभ्यास खेल खेलेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार