सुदूरका सुमनको मृगौलामा इन्फेक्सन, छोरा बचाइदिन बुवाले गरे अपिल

भक्तराज जोशी

धनगढी । बाँच्ने रहर सबैलाई हुन्छ । जबसम्म सास रहन्छ, तबसम्म बाँच्ने आश बाँकी रहन्छ । तर कहिलेकाहिँ परिस्थिति यस्ता बनिदिन्छन् मान्छे बाँच्नकै लागी ठूलो संघर्ष गर्नुपर्छ ।

अहिले त्यस्तै संघर्ष गरिरहेका छन् डडेल्धुराको भागेश्वर गाउँपालिका(१, जाखका सुमन सुनी । सुमनको एउटा मृगौलामा इन्फेक्सन भएको छ । जसका कारण कहिले उनको शरिर सुन्निन्छ, कहिले शरिरका इन्द्रीयहरुले काम गर्न छोड्छन् ।

dashain shuvakamana
Discovery School

जसका कारण सुमनको जीवन र दैनिकी निकै कष्ठकर बनेको छ । यसका साथै उनको उपचारमा पनि ठूलो रकम खर्च भइसकेको सुमनका बुवा पुष्कर सुनीले बताएका छन् ।

तर खर्च भएजसरी उपचार सफल नहुँदा र मृगौलाको इन्फेक्सन कम नहुँदा सुमनसँगै उनको परिवार तनावमा छ । विगत १ वर्षदेखि सुमनलाई उपचारका लागि स्वदेश र भारतका विभिन्न अस्पताल पुर्याइसकिएको भए पनि उनको उपचार सफल नभएको पुष्करको भनाई छ ।

पुष्करका अनुसार सुमनको यसअघि डडेल्धुराको चिरञ्जीवी अस्पताल, डडेल्धुरा अस्पताल, धनगढीको माया मेट्रो, भारतको खटिमास्थित स्पर्श हस्पिटलमा लगेर समेत उपचार भइसकेको छ । रोग निको भएपछि हाल सुमनको उपचारकै लागि पुष्कर भारतको मुम्बई पुगेका छन् । तर हाल सुमनको उपचारमा आर्थिक अभाव भएपछि पुष्कर तनावमा परेका छन् । चिकित्सकहरुले सुमन बिस्तारै ठिक हुने बताउँदै आए पनि खर्च जोहो गर्न नसक्दा थप जटिल अवस्था सृजना भएको पुष्करले बताएका छन् ।

त्यसैले विवश भएर पुष्करले हाल स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुसँग आफ्नो छोरा बचाइदिन भन्दै आह्वान गरेका छन् । उनले सहयोग गर्न र थप बुझ्नुपरे नेपालका लागि सुरेन्द्र सुनी (सम्पर्क नम्बरः ९८६५८३५६९३), निरज टमटा (सम्पर्क नम्बरः ९८४८७९०६०५) र भारतका लागि पुष्कर सुनी (सम्पर्क नम्बरः ९०४४४२९९७८) लाई सम्पर्क गर्न सकिने जनाएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार