सडकको क्षेत्रभित्रै पर्ने जग्गा र संरचनाको मुआब्जा बुझे, घर भत्काउन अटेरी

डडेल्धुरा : डडेल्धुरा सदरमुकामका घर तथा जग्गाधनीले मुआब्जा पाएको महिनौँ पुगे पनि सडक क्षेत्रमा पर्ने संरचना भत्काउन अटेरी गरेका छन् । सडकको क्षेत्राधिकारभित्रै पर्ने भौतिक संरचना र जग्गाको मुआब्जा व्यक्तिलाई वितरण गरिए पनि सडकको क्षेत्राधिकार खाली नगरिएको हो ।

मुआब्जा बुझेका धनधनीले संरचना नभत्काएपछि अन्तिमपटकका लागि ३५ दिनको अवधि दिइने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको अध्यक्षतामा बसेको बैठकले संरचना भत्काउन अन्तिमपटक ३५ दिने सूचना प्रकाशित गर्ने निर्णय गरेको हो ।

dashain shuvakamana
Discovery School

प्रमुख जिल्ला अधिकारी न्यौपानेका अनुसार सदरमुकामको बागबजारदेखि उग्रतारा मन्दिरको मूल गेटसम्मका घर तथा जग्गाको सम्पूर्ण मुआब्जा वितरण भइसकेको छ । सडक डिभिजन कार्यालय डोटीका अनुसार मुआब्जा वितरण गरेर महाकाली राजमार्गको नाममा लालपूर्जा पनि आइसकेको छ । 

सडकको मध्यभागबाट १५/१५ मिटर दायाँबायाँ पर्ने घर जग्गाको मुआब्जा वितरण गर्ने कार्य सम्पन्न भइसकेको र हालसम्म पनि मुआब्जा प्राप्त गरेका केही घरधनीहरूले घर तथा संरचना नहटाएकाले ती संरचना हटाउन अन्तिम पटकलाई ३५ दिने सार्वजनिक सूचना जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए । ‘यदि आफैँले नहटाएको खण्डमा डोजर लगाएर हटाइने छ,’ उनले भने ।

यस्तै सोही बैठकले राजमार्ग छेउछाउ निर्माण भएका घर टहराको तत्काल विवरण संकलन गरी त्यस्ता घर तथा टहरा हटाउन अमरगढी नगरपालिका, सडक डिभिजन र डिभिजन वन कार्यालयले आपसी समन्वय गर्दै अतिक्रमण खाली गर्न ३५ दिनको सूचना जारी गर्ने पनि निर्णय पनि गरेको छ । सडक डिभिजन कार्यालय कुलपाते डोटीका प्रमुख रमेश भट्टराईका अनुसार विभिन्न चरणमा गरेर जिल्ला सदरमुकामका जग्गा र घरधनीलाई ६० करोड वितरण गरिएको छ । ‘बागबजार क्षेत्रमा संरचना भत्काइएको छ,’ उनले भने, ‘रानीधारादेखि उग्रतारासम्म संरचना भत्काउन अटेरी गरिएको छ ।’

उनका अनुसार बागबजारदेखि उग्रतारा गेटसम्मको सडक निर्माणका लागि एक अर्ब १० करोडको लागत अनुमान छ । तर, चालू आर्थिक वर्षमा भने सडक निर्माणका लागि बजेट विनियोजन भएको छैन । डडेल्धुरा सदरमुकाम क्षेत्र महाकाली राजमार्गमा पर्छ ।

उक्त राजमार्गको कैलालीको मोहना पुलदेखि दार्चुलासम्मको महाकाली राजमार्गको चौडाइ राजपत्रमा फरकफरक छ । कैलालीदेखि डडेल्धुराको बसपार्कसम्म ५० मिटर र डडेल्धुरा बसपार्कदेखि दार्चुलासम्म ३० मिटर राजमार्गको चौडाइ रहेको राजपत्रमा उल्लेख छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार