बिद्यार्थीको सहकार्यमा क्याम्पस चोकमा नया झण्डा !!!

स्मृति के.सी

धनगढी : “हाम्रो शान हाम्रो मान” भन्ने नारालाई आत्मसात गर्दै बिहिबारका दिन कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीले क्याम्पस चोकमा झण्डा फरफराएका छन् !

८ नम्बर वडाको सहकार्य , नगर प्रहरीहको सहयोग र कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीहरु जनार्दन रावल,आकाश भट्ट,मधुकर ओझा, ओम प्रकाश अवस्थी,कुशल बोहरा,लोकेन्द्र चौधरी,कुवेर राज जैसी र कैलाली बहुमुखी क्याम्पसका स्ववियु सचिव सन्तोष पन्त सहितको टिम मिलेर झन्डा फरफराउने कार्य गरेका हुन् ।

dashain shuvakamana
Discovery School

झन्डा फहराउनुको मुख्य उद्देश्य धनगढीको मुख्य सडक अनि क्याम्पस जाने बाटो भएकाले चोकमा रहेको झण्डा पुरानो तथा झुत्रो देखिई कुरुप देखिएकाले चोकमा पुरानो झन्डा निकाली नयाँ झण्डालाई फहराइएको हो। धनगढीलाई आकर्षक अनि दशैंको पूर्व सन्ध्यामा घटस्थापनाको शुभ दिनमा वडा अध्यक्षको रोहोबरमा झण्डा राखिएको हो। झण्डा राख्ने कार्यको नेतृत्व जनार्दन रावलले गरेका हुन् ।

उनले भनेका छन् ” झन्डा हाम्रो देशको शान अनि हाम्रो मान हो। यसलाई सधैं हावामा फरफराई रहेको देखिनु पर्छ , नेपालको झण्डा हाम्रालागी ‘ हाम्रो शान र हाम्रो मान’ हो ! यो हाम्रो देश अनि नेपालीको चिनारी त्यसैले यसलाई सुरक्षित अनि सान संग सजाउनु पर्छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार