घटस्थापनाको अवसर पारि मुख्यमन्त्री शाहले गरे  पुर्चौंडीको प्रशासकीय भवनको उद्घाटन

बैतडी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बैतडीको पुर्चौंडी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गरेका छन्।

गत असार २१ गते निर्माण सम्पन्न भएको भवनको बिहीवार मुख्यमन्त्री शाहले उद्घाटन गरेका हुन्। २०७७ साल मंसिर १६ गते वाइआर कन्सट्रक्सनसँग नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि ६ करोड ७६ लाख ६८ हजार ८५ रुपैयाँमा सम्झौता भएको थियो।

dashain shuvakamana
Discovery School


हिजो घटस्थापनाको अवसर पारेर नयाँ भवनको उद्दघाटन गरिएको पुर्चौंडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमले बताए। स्थानीय तह भएपछि पुर्चौंडी नगरपालिकाले झण्डै ८ वर्षपछि आफ्नै भवन पाएको छ। यसअघि नगरपालिकाले भाडाको भवनबाट सेवा दिँदै आएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार