तीन दिनदेखि बाजुरामा इन्टरनेट सेवा अवरुद्ध

बाजुरा : बाजुरा सदरमुकाम मार्तडी लगायतका क्षेत्रमा जडान गरिएको अप्टिकल एनटी फाइवर नेट सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम बाजुराका अनुसार १५ गते दिउँसो बुढीगंगा नगरपालिकाको बल्देमा फाइवर नेटको तार चुडिएपछि जिल्लामा इन्टरनेट सेवा अवरुद्ध भएको हो ।

बल्दे नजिकै राष्ट्रिय प्रसारण लाइन अन्तर्गत विद्युतको पोलसँगै विस्तार गरिएको तार चुडिएपछि इन्टरनेट सेवा अवरुद्ध भएको टेलिकमले जनाएको छ । नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले विद्युतको लाइन विस्तार गर्ने क्रममा इन्टरनेट सेवाको तार चुडाएको टेलिकमको भनाइ छ ।

dashain shuvakamana
Discovery School

कार्यालयले चुडिएको तार जडान गर्न प्राविधिकको टोली धनगढीबाट आउनुपर्ने हुँदा ढिलाइ भएको र अहिले मर्मत कार्य भइरहेकाले साँझसम्म इन्टरनेट सेवा सुचारु हुने जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार