कैलालीको गोदावरी – ९ मा आइतबार देखिको तालाबन्दी यथावत्, मेयरले नटेरेको गुनासो

कैलाली : कैलालीको गोदावरी नगरपालिका – ९ मा आइतबार देखि गरिएको तालाबन्दी यथावत् रहेको छ । वडाको सेहरी, मुरकट्टी, धन्चौरीका स्थानीय सडक कालोपत्रे लगायतका माग राख्दै वडामा गरेको तालाबन्दी ५ दिन बितिसक्दा पनि नखुलेको हो ।

स्थानीयले धन्चौरी–देवरीया, मुरकट्टी – गेटा जोड्ने सडक कालोपत्रे गरिनुपर्ने, बाटो नबनुन्जेल खुटिया नदीबाट नदीजन्य पदार्थ उठाउन रोकिनुपर्ने, बाटो निर्माण गरिदा शून्य ठाउँ वडा नम्बर ९ कायम गरिनुपर्ने, गोदावरी नगरपालिका – ९ भित्र पर्ने खुटिया नदीको सिमाना प्रस्ट रेखाङ्कन गरिनुपर्ने लगायतका माग राखेर वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।

dashain shuvakamana
Discovery School

वडामा तालाबन्दी गरेपछि उनीहरूले नगरपालिकाका मेयर आएर स्थानीय सँग सम्झौता गर्नुपर्ने माग राखेका थिए । तर, मेयरले बेवास्ता गरेको भन्दै त्यसपछि सोमबार उनीहरू नगपालिका पुगेका थिए । सोमबार नगरपालिकामा मेयर नभेटिए तीन दिन भित्र माग पुरा गर्ने चेतावनी सहित फर्किएका उनीहरूले बुधवार नगरपालिका घेराउ गर्दै नाराबाजी गरेका छन् ।

स्थानीय हेम बहादुर चन्दले मेयरले माग पुरा गर्नुको साटो अरूका कुरा सुनेर उल्टै आन्दोलन दबाउने प्रयास गरिरहेको बताए । उनले जनतालाई झोक्याएर चुनाव जितेर अहिले जनताको बेवास्ता गरिएकाले जनता आक्रोशित भएको बताए ।

स्थानीय दिलीप कठायतले मेयरलाई भेटेर आफ्ना कुरा राख्ने भनेर दुई दिन नगरपालिकामा आउँदा पनि छलेर भाग्ने गरेको बताए । ‘मेयर सँग कुरा गर्न हामीले ४ दिन देखि बोलाइरहेका छौ । मेयर आज आउन्छन की भोलि आउन्छन भनेर पर्खेर बस्यौ’ उनले भने ‘वडा बन्द भएको ४ दिन भइसक्यो । मेयर वडामा आएनन् । मेयर नआएपछि हामी नगरपालिका आएका हौ ।’

उनले नगरपालिकामा आएर शान्तिपूर्ण आन्दोलन गरेको बताउँदै माग सुनुवाइ नभए नगरमा पनि २/३ दिन भित्रमा ताला लगाउने बताए ।

स्थानीय गंगा चौधरीले मेयरको कारणले अहिले आफूहरूले दुःख पाएको बताइन् । उनले भोट माग्ने बेलामा जनतालाई झुटा आश्वासन दिएर अहिले बेवास्ता गरेको बताइन् । ‘अब हामी झुटा आश्वासनमा भुलिने वाला छैनौ’ उनले भनिन् ‘अब बाटो बनाउने काम तत्काल सुरु हुनु पर्‍यो । अब जनता जागिसकेका छन् । लाटा मानिस पनि बाठो भइसकेका छन् ।’

स्थानीय निर्मला कठायतले मेयरले भोट माग्दा घरघरमा पुगे पनि अहिले आफूहरू मेयरलाई भेट्न आउँदा भागेर गएको बताए । ‘हामी यहाँ कुनै व्यक्तिगत कुरा गर्न आएका थिएनौ’ उनले भनिन् ‘हाम्रो माग बाटो बनाइदिनु पर्ने हो । चार दिन बितिसक्दा पनि किन बेवास्ता गर्नुभयो । किन मेयर भागिरहेका छन् ।’ नगरपालिका घेराउ गरेका उनीहरूले  मागको सुनुवाइ गर्न बेवास्ता गरे नगरपालिकामा पनि तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।

वडा अध्यक्ष रामलाल रानाले स्थानीयले मेयर सँगै बसेर कुरा गर्ने भनेपछि आफूले स्थानीय सँग सहमति गर्न नसकेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार