सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा टमाटा

धनगढी : सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमटा नियुक्त भएका छन्। नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा नियुक्त भएका हुन्।

सुदूरपश्चिम रोयल्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व मुख्य प्रशिक्षक टमाटालाई एनपीएलका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत सुदूरपश्चिम रोयल्सले टमाटालाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरिएको जनाएको छ।

SHIKHAR COOL TECH

सुदूरपश्चिम रोयल्सले टमाटाको प्रशिक्षणमा टिमले एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त पनि गरेको छ। सुदूरपश्चिम रोयल्सको मार्की खेलाडीका रूपमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन्। आठ टिम सहभागी हुने एनपीएल १६ मंसिरदेखि ६ पुससम्म हुनेछ।

खेलाडी छनोटका लागि आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले २० असोजमा अक्सन गर्दै छ। यसअघि सुदूरपश्चिम रोयल्सले आफ्नो लोगो सार्वजनिक गरेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार