बैतडीमा यात्रु सहायता कक्षको स्थापना

बैतडी : बैतडीमा यात्रु सहायता कक्ष स्थापना गरिएका छन् । चाडपर्वको समयमा यात्रुहरुलाई हुन सक्ने समस्यालाई मध्यनजर गरेर जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुंगानाले बताए ।

उनका अनुसार जिल्ला सदरमुकाम गोठलापानी, झुलाघाट सतबाँझ, पाटन, खोचलेक, गोकुलेश्वर, खोड्पे, पुर्चौंडी, मेलौली लगायतका ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएका छन् ।

dashain shuvakamana
Discovery School

क्षमता भन्दा बढी यात्रु बोक्न नदिन, तोकिए भन्दा बढी भाडा लिन नदिन, यात्रुहरुलाई सहजताका साथ गन्तव्यमा पुर्याउन यात्रु सहायता कक्षमार्फत काम हुनेछ ।

यात्राका क्रममा कुनै समस्या भएका नजिकका यात्रु सहायता कक्षमा सम्पर्क राख्न समेत आग्रह गरिएको छ । छठ पर्वसम्म यात्रु सहायता कक्षलाई निरन्तरता दिइने बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार