कालोबजारी नियन्त्रणमा ध्यान दिन सुदूरपश्चिमका मुख्यमन्त्रीलाई रास्वपाको ज्ञापनपत्र

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिम प्रदेश कमिटीले चाडपर्वका बेला हुने कालोबजारी नियन्त्रणमा ध्यान दिन प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । रास्वपा प्रदेश कमिटीले मंगलबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।

दशैँ, तिहार तथा छठ नजिकिँदै गर्दा दैनिक उपभोग्य सामाग्रीको कृतिम अभाव देखाएर कालोबजारी गर्ने, भ्रमपूर्ण विज्ञापन गरी उपभोक्तालाई झुक्याउने, स्पष्ट मूल्यसूची नराखेको गुनासो बढेपछि प्रदेश सरकारलाई त्यसतर्फ ध्यान दिन ज्ञापन पत्र बुझाएको रास्वपा सुदूरपश्चिम प्रदेशका महामन्त्री सन्तोषराज जोशीले जानकारी दिएका छन् ।

dashain shuvakamana
Discovery School

जोशीका अनुसार प्रदेश सरकारलाई चाडपर्वका बेला दैनिक उपभोग्य सामाग्रीको सहज आपूर्ति, महँगी, उपभोग्य वस्तुको शुद्धता, गुणस्तर र मापदण्डको सुनिश्चितता गर्नुका साथै हवाई तथा यातायात क्षेत्रमा भएको चरम भाडादर वृद्धिको विषयमा ध्यान दिन पनि अनुरोध गरिएको छ ।

त्यस्तै विगतमा भएका गतिविधिबाट पाठ सिकेर यसपालिको चाडपर्व नागरिकमैत्री बनाउनुका साथै विभिन्न बाहनामा हुने ठगीबाट नागरिकलाई जोगाउनेतर्फ सचेत हुन पनि रास्वपा प्रदेश कमिटीले प्रदेश सरकारसँग माग गरेको छ । उक्त कार्यमा आवश्यक परे सहयोग गर्न पनि तयार रहेको रास्वपाले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार