दुई मोटरसाईकल एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु

धनगढी : कैलालीमा दुई वटा मोटरसाईकल एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । 

पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका – १ को गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६ प६२७९ र विपरीत दिशाबाट आइरहेको बा ९५ प ९२५२ नम्बरको मोटरसाईकल ठोक्किदा दुवैका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

dashain shuvakamana
Discovery School

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले उक्त दुर्घटनामा जानकी गाउँपालिका–८ बस्ने २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्युु भएको बताए ।

उनकाअनुसार चौधरी से६ प ६२७९ नम्बरको मोटरसाईकल र मल्ल बा ९५ प ९२५२ नम्बरको मोटरसाईकलका चालक हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई राति नै धनगढीको नवजीवन अस्पताल पुगाइएको थियो । उनीहरूको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । तर चिकित्सकले मृत घोषणा गरेका हुन् ।

यस्तै, बा ९५ प९२५२ नम्बरको मोटरसाईकल पछाडि सवार कञ्चनरको शुक्लाफाँटा नगरपालिका( ७ का २२ वर्षीया दिपक बोहोरा पनि घाइते भएका छन् । उनको नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार