बाजुरामा कृषि प्रवर्द्धन भवन निर्माणका लागि शुक्रवार त्रिपक्षीय सम्झौता

धनगढी : बाजुराको पूर्वी उत्तरी भेगमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिका– २ मुक्तिकोटमा कृषि प्रवर्द्धन भवन निर्माणका लागि शुक्रवार त्रिपक्षीय सम्झौता भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,भारतीय राजदूतावास र स्वामिकार्तिक खापर गाउँपालिका बिच भवन निर्माण कार्यका लागि सम्झौता भएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् ।

dashain shuvakamana
Discovery School

उनले दिएको जानकारी अनुसार मुक्तिकोटमा खाद्य र नुन विक्री गर्ने र स्थानीय उत्पादन बेच्ने गरी भारतीय राजदूतावासको पाँच करोडको लगानीमा भवन निर्माण गर्न लागिएको बताए । १५ महिनाभित्र निर्माण कार्य सक्ने गरी त्रिपक्षीय सम्झौता भएको गाउँपालिकाका अध्यक्ष रोकायाले बताएका छन् ।

पालिकामा परियोजना सञ्चालन गर्नका लागि सहयोग गर्ने भारतीय दूतावासका इन्जिनियर आशिस सिन्हा, पूर्व राज्यमन्त्री जनकराज गिरी, इन्जिनियर शिव भट्टराई, सूर्य पाण्डे लगायतलाई अध्यक्ष रोकायाले धन्यवाद दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार