कैलालीमा कोभिडविरुद्धको खोप अभियान पुन: असोज १५ गतेबाट सञ्चालनमा

धनगढी : कैलालीमा कोभिडविरुद्धको खोप अभियान पुन: सञ्चालन हुने भएको छ । कोरोना सङ्क्रमणको जोखिम विद्यमान रहेको भन्दै असोज १५ गतेबाट खोप अभियान सञ्चालन गर्न लागिएको जिल्ला विपद् व्यवस्थापन समितिले जानकारी दिएकाे हो ।

कोरोना सङ्क्रमणको जोखिम कायम रहेका कारण प्रदेशको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले पनि खोप अभियान सञ्चालनका लागि कैलालीका १३ वटै पालिकामा पत्राचार गरिसकेको जनाइएको छ ।

SHIKHAR COOL TECH

आउँदै गरेको चाडपर्वको बेला मानिसको ओहोरदोहोर बढी कोभिड सङ्क्रमण बढ्न सक्ने अवस्थालाई दृष्टिगत गरेर खोप अभियान सञ्चालन गर्न लागेको बताइएको छ।

कोभिड अझै छिटपुट रुपमा देखा परिरहेकाले पहिल्यै सतर्क रहन आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । अहिले चाडपर्व आइरहेकाले विगतको घटनालाई नबिर्सेर पहिल्यै सतर्क भएमा राम्रो हुने उनको भनाइ छ।

बच्चा वयस्क तथा बृद्धबृद्धाका लागि कुल ३५ हजार फाइजर, बायोटेक, मोनो भ्यालेटको खोप डाेज कैलालीका स्थानीय तहलाई वितरण गरिने जनाइएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार