खुटिया नदीको झोलुङ्गे पुल कटानको जोखिममा

धनगढी : खुटिया नदीमा बनेको झोलुङ्गे पुल कटानको जोखिममा परेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुरझन्ना र गोदावरी नगरपालिका–९ धनचौरी जोड्ने झोलुङ्गे पुल कटानको जोखिममा परेको हो । 

नदीले धार परिवर्तन गरेपछि पुल जोखिममा परेको स्थानीयले जनाएका छन् । उनीहरूका अनुसार नदीले पूर्वतर्फ कटान गरिरहेको छ । कटानका कारण पूर्वतर्फ झोलुङ्गे पुल जोखिममा परेको छ । बेलैमा तटबन्ध नगरिए पुल कटान हुन सक्ने स्थानीय ज्ञानेन्द्र चौधरीले बताए । 

dashain shuvakamana
Discovery School

नदीबाट गिट्टी, बालुवा उत्खनन् गरिएका कारण नदीले धार परिवर्तन गरेको उनको भनाइ छ । पुल कटानको जोखिममा परेपछि स्थानीयले नदीबाट गिट्टी, बालुवा उठाउन दिएका छैनन् ।

सो नदीबाट धनगढी उपमहानगरपालिकाले रोयल्टी उठाउँदै आएको छ । स्थानीय हर्षराज रानाले तटबन्ध नगरिएमा विद्यालय, स्थानीयको खेतबारी कटान हुने बताए । 

धनगढी उपमहानगरपालिकाले तटबन्ध नगरेसम्म नदीबाट गिट्टी, बालुवा उठाउन नदिने स्थानीयको अडान छ । धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले कटान नियन्त्रणका लागि जनताको तटबन्धसहित नयाँ योजनाका लागि पहल गर्ने प्रतिबद्धता जनाए । 

नदीले गरिरहेको कटान अनुगमन गर्दै उनले झोलुङ्गे पुल जोगाउनका लागि तत्काल नदीको धार परिवर्तन गर्न आवश्यक देखिएको बताए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार