बसको ढोकाबाट खसेर सहचालक गम्भीर घाईते

बैतडी : बैतडीमा बसको ढोकाबाट खसेर सहचालक गम्भीर घाईते भएका छन्।

जिल्लाको मेलौली नगरपालिका–७ काडाँ बस्ने १८ वर्षीय बस सहचालक नविन भट्ट घाईते भएका हुन्। मेलौली नगरपालिका–१ प्रहरी चेक पोष्ट स्थित महेन्द्रनगरबाट पञ्चेशवर जादै गरेको पवन दुत यातायातको बस रोक्न खोज्दा सहचालक भट्ट खसेका हुन्।

dashain shuvakamana
Discovery School

चालक दिपक मल्लले चलाएको ना८ख ६३६१ नम्बरको बस रोक्न खोज्दा खसेर घाइते भएका भट्टलाई प्राथमिक स्वस्थ्य केन्द्र मेलौलीमा समान्य उपचार पश्चात थप उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरा पठाएको प्रहरीले बताएको छ। चालक मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार