आज विश्व रेबिजविरुद्धको दिवस, विविध कार्यक्रम गरी यो दिवस मनाइँदै

धनगढी : आज विश्व रेबिजविरुद्धको दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाउने गरिएको छ ।

यो दिवस लुइस पाश्चरको मृत्युको वार्षिकोत्सवका रुपमा समेत मनाइन्छ । फ्रान्सेली वैज्ञानिक लुइसले रेबिजविरुद्धको पहिलो खोप विकास गरेका थिए। पशु सेवा विभागले रेबिज दिवसमा विशेष सचेतनामूलक कार्यक्रम गर्न भन्दै ७५३ वटै स्थानीय तहलाई परिपत्र गरेको छ । ‘अवरोध हटाऔँ, रेबिज उन्मूलन गरौँ’ भन्ने नारासहित यो वर्ष रेबिज रोगविरुद्धको दिवस मनाउने कार्यक्रम रहेको विभागले जनाएको छ ।

dashain shuvakamana
Discovery School

विभागका अनुसार स्थानीय तहहरूले असोज ६ देखि १२ सम्मलाई सप्ताहव्यापीरुपमा रेबिजविरुद्धको सचेतना फैलाउने कार्यक्रमहरू गर्न पत्राचार गरिएको छ ।

दिवसको अवसरमा कैलालीको गोदावरी नगरपालिकाले पनि आज रेवीज विरुद्धको एक दिने नि: शुल्क खोप कार्यक्रम सञ्चालन गर्दै छ ।

खोप कार्यक्रम गोदावरी नगरपालिका – ३ को वडा कार्यालयमा सञ्चालन गरिने नगरपालिकाको पशु शाखाका प्राविधिक टेक शाहुले बताएका छन । खोप कार्यक्रम बिहान ९ बजेदेखि साँझ ५ बजे सम्म सञ्चालन हुने जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार