बझाङमा विद्यार्थीबाट घुस लिएको भन्दै विरोध

धनगढी : बझाङको बुङ्गल नगरपालिकाका एक कर्मचारी र मेयरले रोजगारी लगाइदिने भन्दै एक उम्मेदवार सङ्ग अग्रिमरुपमा दुईलाख रुपैयाँ लिएको भन्दै विरोध गरिएको छ ।

नगरपालिकाले माग गरेको रोजगार सहायक पदका लागि एक उम्मेदवार सङ्ग अग्रिम रुपमा २ लाख रुपैयाँ लिएको भन्दै विभिन्न राजनीतिक दलले विरोध जनाउन थालेका हुन् ।

dashain shuvakamana
Discovery School

बिहीबार नेकपा एमाले , नेकपा ( विप्लव  ), नेकपा (मा.के ) , नेकपा एकीकृत सहितले सयुक्तरुपमा विरोध जनाउँदै मेयर जय बहादुर धामी र करार कर्मचारी सुना कार्कीले भ्रष्टाचार गरेको आरोप लगाएका छ्न ।

मेयर धामी र सोही पालिकामा करारमा कार्यरत सुना कार्कीको मिलोमतोमा सोही ठाउँका स्थानीय कर्ण बहादुर जाग्री बाट रोजगारी लगाइदिने भन्दै अग्रिम रुपमा २ लाख बुझेको र बाकी रकम नौकरी लागेपछि लिने गरि रकम बुझेको एक नेताले बताए । तर निस्पक्षरुपमा परिक्षा संचालन गरिएपछि अर्का व्यक्तिले नाम निकालेका थिए ।

उक्त पदमा निस्पक्ष रुपमा उत्रिण व्यक्तिलाई पदस्थापन गरिएपछि अहिले उक्त विषय सतहमा आएको हो । मेयरले यस अघि पनि भ्रष्टाचार जन्य कार्यगर्दै आएका भन्दै राजनीतिक दलहरुले मेयर बाट राजिनामा दिनुपर्ने माग समेत राखेका छन् । नेता कार्यकर्ताहरुले आज नगरपालिकामा विरोध प्रर्दशन गरेका छन् ।

उनीहरुले मेयर , शिक्षा शाखा र सूचना प्रविधि साखामा तालाबन्दी गर्न खोजेका थिए । प्रदर्सनका क्रममा प्रहरीले हस्तक्षेप गर्न खोजेको बताइको छ ।

जाग्रीले एक वर्ष पहिले महिला कर्मचारी लाई २ लाख बुझाएको पाइएको छ । ती कर्मचारी बाट आफुले ऋण लिएको मेयर धामी बताउँछन् । तर उक्त रकम आफुले अपचलन नगरेको मेयर धामीले दावी गरे । उनले गत वैशाख महिनामा व्याज सहित महिला कर्मचारी लाई फिर्ता गरेको बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार