भारतबाट घर फर्किने क्रममा महाकाली नदीमा खसेर बैतडीका एक युवक बेपत्ता

बैतडी : बैतडीका एक युवक भारतबाट घर फर्किने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका छन् । दसैँ मनाउन भारतबाट घर फर्किने क्रममा पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३३ वर्षीय अमर धामी महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् ।

धामी शुक्रबार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका–८ झुलाघाट बजार नजिकैको सडकबाट महाकाली नदीमा खसेको खुलेको छ ।धामी खसेको ठाउँमा पहिरो समेत खसेका कारण जोखिम रहेको प्रहरीले जनाएको छ ।

dashain shuvakamana
Discovery School

बेपत्ता धामीको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रविन्द्र केसीले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार