कैलाली : कैलालीमा सर्पले टोकेर एक युवती घाइते भएकी छन् । शुक्रबार बिहान घरमा सुतिरहेका बेला टीकापुर नगरपालिका–३ शंकरपुर बस्ने २२ वर्षीया ममता विकलाई सर्पले टोकेको हो ।
सर्पको टोकाइबाट गम्भीर घाइते भएकी विकको टीकापुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले बताए ।
प्रतिक्रिया दिनुहोस्